हिमाली शेर्पा

     

sherpa calendar 2140
 
Tulsi Rinpoche
 
Buddhist Mask
कार्यालय छानुहोस्
नेपाल सरकार गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय
सो कार्यालय जानुहोस
www.himalisherpa.com
Save Culture
good
very good
poor
  
pollcode.com free polls
Stop Smoking
धुम्रपान सुर्तिको अवगुण Smoking Advice to help you stop smoking

Stop Smokingराजकुमार सिदार्थलेबुद्ध गयामा कठोर तपस्या गर्दा राक्षेसमारहरुले छल कपट गर्दा डर्लाग्दो कुरुपहरु र अस्त्र सस्त्रहरु प्रयोग गरि तर्साय पनि केहि नलागेपछि, परिवर्तन जादु माया जालका नर्तकिहरु नाच गान भजन बाजा गाजा साथै पुजा प्राणदान दिएर मारहरुले भविस्यमा वद्ध धर्म पतन गर्न सकुँ

भनी उल्टो प्रार्थना गरेकाले भगवान बुद्ध परिनिर्माण पस्यात मार गरव्वाङ्क्षुग्जन्मीयो र धर्मको विपरितमा मारहरुले शक्ति साली गण वनाई विभिन्न विद्रोह गर्दा पनि केहि विगार्न सकेनन् त्यस पछि रत्न लिङपाको तेर्मा (निधि) मा यसरी वर्णन गरेका छन् । महागुरु पद्य सम्भवले नौजना राक्षसहरु बन्धनमा राख्दा नौजना मध्येको कान्छोले यसो भनेछन् । दाई तपाईहरुले पीर नमान्नुहोस् मेरो कुरो सुन्नुहोस म चिन देशमा धुम्रपानको रुपमा उत्री हलाहल भन्ने कालो विष हुन्छु । संसारका कुना काप्चामा उम्रेर आउछु । मलाई सवै देशहरुले केन्द्र सहरमा ल्याई आउनेछन् । र मानिसहरुले यसलाई सुख सयलले सम्पति साधन, मान्ने छन् । त्यसको कालो दुस्प्रभाव विषले १० कुसल कर्म त्यागेर दश अकुसल कर्म पापमा लाग्ने छन् । भगवान र शासनधार महागुरुहरु अल्पजीविका भई शुद्ध (बुद्ध) क्षेत्रमा जाने छन् । अन्य साधारण ध्यान तपस्या गर्नेहरुको बोधिचित्तको मूलजरो (नाडी नै सुकाई दिने छन् । संसारमा अनगिन्ती रोगहरु अनिकाल र झैं–झगडा फैलन्छ, धर्म अभ्यास गर्नेहरुले सेवन गरेमा बोधिचित्त र वैराग्यचित्त पैदा हुदैन । महायोगीहरुलाई नाडी र वायूको अभ्यास गर्न अप्ठयारो हुन्छ । यथास्थितिको अर्थ सही रुपले मनमा पैदा हुदैन

वंशहरुको वंश रोकिन्छ । सन्तान पैदा भएपनि मारहरु जस्तै जन्मन्छन् । जीवनभर धर्म गरेपनि अन्तमा नरकमा जन्मन्छन् । शिरको ब्रम्हरुध्र बन्दा भएर ‘फोवा’ चित सन्क्रान्ति गर्न सकिन्न । सुर्तिको धुवाँ मिसिएको हावाले छुदाँ मात्र पनि महापुरुषहरुको आयू एका–एक घटेर जान्छ । सवै रक्षक् देवहरुले छाडेर जान्छन् । धुवाँ माथि गएर देवहरुको लोकमा धेरै दुख हुन्छ । थुक भईमा परेमा नागहरुलाई धेरै दुःख हुन्छ । ती असुधाले समयमा पानि नपर्ने हुदा बाली नाली विग्रन्छ भनी सूर्तिको कालो दोष दुष्ट राक्षसी (स्त्री) को योनीबाट निस्केका रज पदार्थ हुँदा सेवन गर्नाले पुण्य कार्र्ये गरेपनि राम्रो फल प्राप्त हुदैन, सुर्ति, चुरोट, बिंडी, नस, खैनि, पान सेवन गर्ने पुजारी वा भिक्षु लामाहरुले कुनै पाठ पुजा गर्नाले चित्त ज्ञान ध्यान भ्रस्टभै विचलित भईं कुनै कर्मकाण्ड पुजाहरु र कामना पुरा हुदैन ,कसैले धुम्रपान र मदिरा सेवनगरि पुजापाठ गरेमा (कर्मकाण्ड)का शान्ति पुजा नभई लोभीहरुको भुजामात्र हुने छन् र महापापको भागि बन्नपुग्छ । त्यस्ता ब्यक्तिले जिन्दगीमा कङगाल र पागल भै तड्पिनुपर्छ । यस जीवनमा दुख र मर्नासाथ रौरव नरक मूनि परि असदे तातो र चिसो नरक कुन्डमा तड्पी रहनु पर्नेछ । त्यसैले आजैबाट विषयूक्त धुम्रपानलाई त्यगौ र सोच्छ शान्त जीवन निर्माण गरी सुस्वस्थ्य भई यस र परजीवनलाई सुधारी बोधिज्ञान प्राप्त अमितावको पुण्य भुमिमा जन्म लिन सकुँ भनी त्रिदेवलाई विन्ति गर्दछु । ओँअमीदेवाहृी , ओँ.म.नि.पे.मे.हुँः, ओँ, आ हुं बज्रगुरु पद्य सिद्धीं हुँ । रिन्जीन् दुदुल दोर्जेको निधिमा सूर्ति सेवनको अवगुणहरु लेखिएको छ । धुम्रपानका अवगुणहरु विषका दुस्प्रवाप सुर्ति, विडी, तमाखु, खैनी र नस सेवन गर्नाले लाग्ने रोगहरु सुर्ति, खैनीको, रस, चुरोट, विडीका, धुवाँ, नसका धुलोबाट दम, खोकी फोक्सोको क्षयरोग, पेटमा ट्युमर, अल्सर, कलेजो र फोक्सोमा क्यान्सर, किड्नीफेल, मुटुका रोग रक्तचाप, चिनी रोग, टाउको सम्बन्धि रोग, ब्रेन क्यान्सर लगायत महारोगहरु सल्की मानव अकालमै मृत्यु भई जान्छन् । त्यसैले मेरा सर्वश्रेष्ठ चेतना भएका सजनबृन्दहरुमा दुइहात जोडी विनम्र अनुरोध गर्दछु– प्रणाघातक लागु औषधरुपी धुम्रपानलाई आजैबाट त्यागौं र सुस्वास्थ्य रही सुन्दर शान्त, सुखी जीवन जिउन सिकौं सर्व मंगल ।

 Love meter
slc result 2067, slc result 2068, SLC result nepal
miss Sherpa 2011, application form open
 
 



Laser 5210N Free counter and web stats