हिमाली शेर्पा

     
himalisherpa logo
sherpa greeting
 

चिसो र तातो नरकमा विभिन्न १६ ओटा नरकहरु छन् । जस्तै तातो नरकमा

१. पुनर्जीव नरक,  
२. कालसूत्र नरक,  
३. संघातिक नरक,  
४. रौरव नरक,  
५. महारौरव नरक,  
६. तपन नरक,  
७. प्रतापन नरक,  
८. अवीचि नरक,  

गरी आठवटा नरकहरु छन् । त्यसै गरी चिसो नरकमा

१. हुहुव,  
२. हाहाकार,  
३. अटट,  
४. अर्बुद,  
५. निर्बुद  
६. पद्म (कमलको पात जस्तो फुटेको  
७. महापद्म (महा कमलको पात जस्तो फुटेको  
८. उत्पल (उत्पलको पात जस्तो चिराहा भएको
नरक गरी आठवटा नरकहरु छन् ।
 
आठ तातो नरक, आठ चिसो नरक, प्रादेशिक नरक र प्रत्येक नरक गरी जम्म १८ प्रकारको नरकहरु छन् ।

(ख) प्रेतलोकमा जन्मे पछि खाना, पिउन र लगाउन नपाउने जस्त दुःखहरु हजारौं वर्षसम्म
भोगिरहनु पर्ने हुन्छ ।
(ग) तिर्यकः किरा फटयाङग्रो देखि लिएर बाघ, भालु, हात्ती आदि प्राणीहरुलाई (पशु तिर्यक भनिन्छ
। यसलोकमा जन्म लिएपछि मालिकले आºनै अधिनमा राखेर सुख नदिने जस्तै भारी बोकाउने, हलो जोत्ने
र अरुले कुटपिट गर्ने गरिन्छ । त्यसै गरी ठूलोले सानोलाई खाने र सानोले पनि ठूलोलाई खाने जस्त हिंसा
भई रहने भएकोले दुःख भोग्नु पर्दछ ।
(घ) मनाव भएर जन्मे पनि आमाको कोखबाट जन्मदा आमा र बालक दुबैलाई दुःख हुने, रोग
लाग्ने, सम्पतिको लागि दुःख गर्नु पर्ने, कष्ट गरेर सम्पति जोर जम्मा गरे पनि अरुले चोर्ने र खोस्ने, सुख
गरी खाना र लगाउन नपाउने, शत्रु आई लाग्ने, त्यही सम्पतिबाट इष्टमित्र, छोराछोरी र आफन्तहरु संग
छुट्ने, धार्मिक कार्यमा बाधा पुराउने, एक अपासमा पनि ठूलो सानो भनेर हेप्ने गरिन्छ । त्यसै गरी आफूले
चिताएको कुरा नपुग्ने, नचिताएको कुराहरु आई पर्ने र अचानक लडेर मर्ने, आगो, पानी, भुकम्प र
हुरीबतासको डर हुने, खाने र पिउने कुरा पनि विषमा परिणत भएर बिकालमा मर्नु पर्ने, चिरिन्जिवि भएता
पनि आखिर आफूले देख्दा देख्दै एक्लै आºनो प्यारो शरीरलाई समेत छाडेर जानु पर्दा मनमा अनेक
प्रकारको चिन्ताले दुखित हुन्छ ।
(ङ) असुरलोकमा पनि सधैं एक अर्कावीच झैं–झगडा गरेर काटमार र कुटपिट गरेर बस्नु पर्ने दुःख
हुन्छ ।
(च) सुर लोकका देवी देवताहरुलाई पनि जब आफू मर्नु भन्द सात दिन अगाडि ६ लोकमा कहाँ
जन्मने कुरा थाहा हुने हुँदा दुखी हुन्छ र अरु देवताहरुले पनि छेउमा नआईकन टाढैबाट फूलहरु छरी
बिदाइ गरि दिने हुदाँ त्यतिखेर मनमा असन्तुष्ट भई धेरै दुःख भोगेर अर्का (नरक) लोकमा जन्मनु पर्ने दुःख हुन्छ ।
Laser 5210N Free counter and web stats