हिमाली शेर्पा

     
himalisherpa logo
sherpa greeting
 

प्रश्नः गुम्बा बनाउँदा आर्जन हुने धर्म ठूलो हुन्छ कि समाजका दुःखी वर्गको सेवा गर्दा आर्जन हुने धर्म ठूलो हुन्छ?

उत्तर : त्यसमा के छ भने गुम्बा बनाउन मिल्ने धन गरिब, दुःखीलाई बा“ड्दा दुईवटा प्रतिफलहरु हुन्छन् ।
गुम्बा बनाउन मिल्ने धनले गरिब दुःखीको सेवा गर्नाले तिनीहरु पापको बाटो त्यागी धर्मको बाटोमा
हिंड्छन भने त्यसबाट आउने धर्म गुम्बा बनाएर आर्जन हुने धर्मसंग बराबर वा ठूलो पनि हुन सक्दछ ।
तर गरिबहरुलाई बा“डेको धनको ती गरिबहरुले गलत कार्यमा प्रयोग गर्छ भने त्यसबाट धर्मको सट्टा पाप
कमाइन्छ । त्यसै गरी समाजमा बाटोघाटो पूल आदि बनाउनाले धर्म त हुन्छ तर त्यसबाट हिंड्ने
मानिसहरुको मनमा धर्म सम्झिने कमै हुन्छ । त्यसैले यसरी आर्जन हुने धर्म गुम्बा निर्माण गरेर कमाइने
धर्म भन्दा कम हुन्छ । गुम्बा बनाएमा त्यस गुम्बामा आउने जस्तै पापीको मन पनि धर्मतिर आकर्षित हुन
सक्दछ । त्यसैले बाटोघाटो बनाउनुमा भन्दा गुम्बा बनाउनुमा नै बढि धर्म हुन्छ । मान्छे ठूलो होस् वा
सानो सबैलाई गुम्बाबाट उत्तिकै लाभ प्राप्त हुन्छ । गुम्बा भित्र अनेकौं कलात्मक मूर्तिहरु, थाङ्काहरु,
पुस्तकहरु र सांस्कृतिक महत्वका बस्तुहरु रहने हुनाले गुम्बाको निर्माणले ती सीप र कलाहरुलाई हजारौं
वर्ष सम्म जीवित राख्दछ । फलस्वरुप हाम्रो संस्कृतिको संरक्षण हुन्छ । यिनै विभिन्न कारणहरुले गर्दा
गुम्बाको विषेश महत्व देखिन्छ ।
संसारमा हित गर्ने र सुःख दिने एउटै कुरा आगम (लुङ) र अधिगम (तोक्पा) ले युक्त भएको बुद्धको धर्म नै
हो । यसको विकास गर्न र लामो समयसम्म टिकाई राख्नको लागि महायान र हीनयानका दुवै त्रिपिटकमा
भएका उपदेश सुनेर चिन्तन गरी अभ्यासमा उतार्नु पर्दछ । खास गरिकन संसारबाट मुक्त भएर चा“डै
सर्वज्ञ बुद्धको अवस्थामा पुग्न चाहने व्यक्तिहरुले महायान भित्रको गुह्ययान तन्त्र पिटकमा बताइए अनुसार
सही किसिमले इष्ट देवता (यिदम) को ध्यान र जप गर्नु पर्दछ । इष्ट देवताको ध्यान र जप गर्ने विधि
विभिन्न किसिमका भए पनि अन्तिम रुपमा भन्ने हो भने सबैको उद्देश्य संसारका प्राणीहरुलाई दुःखबाट
मुक्त गराउन बोधिज्ञान, प्राप्तिको विशुद्ध मार्गमा लगाउनु नै हो ।
संसारमा पा“च दोषहरु (ञीग्मा) बढेको यो कली युगमा प्राणीहरुलाई दुःखबाट बचाएर चा“डै अनुत्तर
सम्यक संबोधिको मार्गतर्पm लैजानु चाहि“ गुरु रिन्पोछे, महाआचार्य वा द्वितीय बुद्ध रुपी पद्म संभवको नाम
भएको मन्त्र अर्थात् बज्र गुरुको मन्त्र जप गर्दा उत्तम हुन्छ भनी बताइएको छ ।
समन्त भद्र (कुन्तु साङ्गपो) अनादि कालदेखि नै बोध (ज्ञान जागे) को अवस्थामा रहेको भए पनि
प्राणीहरुलाई देखाउनको लागि धर्मकाय (छोकु)को अवस्थाबाट विचलित नभईकन पञ्च कुलका बुद्धहरुका
रुपमा देखा पर्छन् । तिनीहरुबाट पनि प्राणीहरुलाई ज्ञान सिकाउनको लागि ६ लोकमा ६ मुनिहरु तथा
तिसहस्र (कोटी) लोकमा तिसहस्र कोटी नै पद्मसंभव रुपी निर्माणकायहरु देखा पर्दछन् । विशेष गरी
पद्मसंभव चाहि“ धर्मकाय अमिताभको काय, लोकेश्वरको वाक् र सम्पूर्ण बुद्धहरुको चित्तबाट निर्मित गुरू
हो । अझ विशेष रुपमा भन्ने हो भने यो जम्बूद्वीपमा विभिन्न आठवटा मूल कृत्यहरु गरेका आठ वटा नाम
भएका गुरुले प्राणीहरुको हितको लागि अनगिन्ती कामहरु गरेको र गरिरहनु भएको छ ।
महापरिनिर्वाण सूत्रमा भगवान बुद्धले भन्नु भएको छ “म निर्वाण भएपछि तिमीहरुले पीर मान्नु
पर्दैन । स्वच्छ र निर्मल जल भएको तलाउबाट म भन्दा पनि उत्तम पुरुष जन्मनेछ । यसरी भगवान बुद्धले
नै उहा“ भन्दा पनि विशेष व्यक्ति जन्मनेछ” भनी भविष्यवाणी गर्नु भएको छ ।
बुद्ध भन्दा गुरु पदमसंभव विशेष हुनाको कारण चाहि“ भगवान बुद्धको जन्म आमाको गर्भबाट
भएको थियो भने पद्मसंभवको जन्म चाहिं अमिताभ बुद्धको चित्तको ह्री अक्षरबाट निस्केको रश्मिले
उड्डीयान देशको दक्षिण पूर्व दिशा स्थित् धनकोष अर्थात् सिन्धुसागरमा नागराज तक्षकको दरवार माथि
पद्मको विशाल पत्रको केशरमा शाक्यमुनि परिनिर्वाण भएको आठ वर्षपछि काठ बा“दर वर्षको छैठौ
महिनाको दशमीमा महापुरुषको लक्षण र अनुव्यंजनले युक्त रश्मिकायको रुपमा भएको थियो । चार
किसिमका जन्म मध्ये सर्वोत्तम उपपादुक जन्म (आमा र बाबुको संयोग नभईकन नै पद्मको पूmलबाट
जन्मेको) रुपमा ज्ञानको इन्द्रेणीले बनेको अमर बज्रकाय, संसार नरित्तिउन्जेल सम्म शरीर नत्यागीकन बसी
प्राणीहरुको हित गर्ने भएकाले विशिष्ट भएका हुन् । त्यस्तै भगवान बुद्धले हीनयान र महायानका
उपदेशहरुलाई व्यापक रुपमा प्रसार गर्नु भए पनि गुह्यमन्त्रको उपदेश व्यापक रुपमा दिनु भएको थिएन
तर पद्मसंभव गुरुले मन्त्रयानका उपदेशहरु धेरै दिनु भएको हुनाले उहा“ विशिष्ट भएको हो । तैपनि
क्लेशहरु त्याग्ने र गुणहरु साक्षात्कार गर्ने कार्यमा चाहि“ बुद्ध र पदम्संभव समान छन् ।
मगध (उग्युरछाल लुङतेन) सूत्रमा पनि “म यहा“बाट बितेको आठ वर्ष पछि उड्डीयानको उत्तर
पश्चिम सीमानामा धनकोश तलाउको टापूमा उत्तम पुरुष जन्मने छ” भनी भविष्यवाणी गरिएको छ ।
त्यस्तै लामे दोन जोग्पा र दुपा नामक तन्त्रमा पनि “म निर्वाण भएको आठ वर्षपछि लोकमा सर्वोत्तम
मानिने पद्मसंभव नामक बुद्ध उड्डीयनमा आउने छन् र गुह्य मन्त्र वज्रयानको गुरु हुने छन् भन्ने
भविष्वाणी गरि सकेको छु” भनिएको छ । साथै सुवर्ण प्रभास सूत्रमा पनि यो पदम्संभवले विगत, वर्तमान
र भविष्यका बुद्धहरुको स्तुति गर्ने छन् भनी बताइएको छ ।
यसरी बज्र रुपी आगमहरुमा बारम्बार प्रशंसा गरिएका द्वित्तीय बुद्ध रुपी पदम्संभवको कलीयुगका
सम्पूर्ण प्राणीहरु बचाउने बल (शक्ति) को कार्य र करुणाको आशीर्वाद अरु बुद्धहरुको भन्दा पनि
शक्तिशाली हुने भएकाले मुक्ति चाहने व्यक्तिहरुले दिन रात तीन समयमा गुरु रिन्पोछे पद्मसंभवको
प्रार्थना र उहा“को नाम भएको सिद्धि मन्त्रको ध्यान र जप किन नगर्ने ? उक्त सिद्धि मन्त्र जप गरेको
फाइदा मनले चिताउनै नसकिने भएकाले यो बज्र गुरुको मन्त्रलाई महान तीर्थहरु, गुम्बा, पर्वतको शिखर,
ठूलो नदीको किनार, देवता राक्षस र भूतहरु बसी रहने ठाउ“ वा ढुङ्गामा बसेर समय (दम्–छिग) या व्रत
पालना गरेका तान्त्रिकहरु, शीला पालन गरेका भिक्षु, श्रद्धालु व्यक्तिहरु लक्षण भएका महिलाहरुले राम्रो मन
(सेम्के) लिएर सय, हजार, दश हजार, कोटी, दश करोड आदि जपेमा संसारबाट रोग भोकमरी, लडाई,
वाली बिग्रने, अलछिन, भूतप्रेतका नराम्रा रुपहरु सबै हट्छन् साथै ठीक समयमा राम्रोस“ग पानी पर्छ । यही
जीवन, अर्को जीवन वा अन्तराभव (बर्दो) मा गुरु रिन्पोछेको प्रत्यक्ष दर्शन पाइन्छ र क्रमैस“ग मार्ग प्राप्त
भएर शुद्ध भुवन चामर द्वीपमा विद्याधरको तहमा पुग्न सकिन्छ ।
हरेक दिन सय भन्दा नघटाई जप्ने हो भने अरु व्यक्तिहरुले मन पराउ“छन् र भोजन सम्पत्ति सजिलै
मिल्छ । हजार वा दश हजार जपेमा अरुलाई वशमा लिन र आशीर्वाद पाउन सकिन्छ । राम्रो मन लिई
श्रद्धा पूर्वक एक लाख वा करोड आदि जपेमा रोग र दोषहरु शान्त हुन्छन् तथा आयु र पुण्य बढ्छन । देव,
असुर र मानिसलाई वशमा लिन सकिन्छ । भूतप्रेत रुपी शत्रु र विघ्नहरुलाई हराउनको लागि अपार शक्ति
पाई धेरै प्राणीहरुको हित गर्न सकिन्छ ।
तीन करोड वा सात करोड आदि जप्न सकेमा तिनै कालका बुद्धहरुसंग र विशेष गरी गुरु रिन्पोक्षे
र अभिन्न हुन सकिन्छ । उत्तम व्यक्तिलाई यही जुनीमा रश्मि देह (ज्यालु) प्राप्त हुन्छ भने मध्यम तहको
व्यक्ति मृत्यु क्षणमा बुद्ध हुन सक्छ । त्यस्तै निम्न दर्जाको साधकले अन्तराभव (बर्दो) अवस्थामा गुरु
रिन्पोछेको दर्शन पाउ“छ र सबै दृष्यहरु शुद्ध भई आºनै ठाउ“बाट मुक्त भएर चामर द्वीप (साङदोक पल्री)
मा जन्म हुन्छ । तसर्थ यो बज्र गुरुको मन्त्र चार वर्गका तान्त्रिकहरुका इष्टदेव (यिदम) हरु, नौ यान,
चौरासी हजार धर्म स्कन्ध, गुरु, देव, डाकिनी आदिको एक मात्र सारगर्भ हो भनी बताइएको छ ।
बज्र गुरुको मन्त्र जप्नाले यो जुनीका नराम्रा परिस्थितिहरु शान्त हुन्छन् भने चाहेका कुराहरु
सजिलैस“ग प्राप्त हुन्छन् । पा“च विषहरु (राग, द्वेष, मोह, ईश्र्या, घमण्ड) बाट उत्पन्न सम्पूर्ण पापहरु
काटिन्छन् र ६ पारमिता (दान, शील, क्षान्ति, वीर्य, ध्यान र प्रज्ञा) चा“डै पूर्ण भएर पा“च बुद्ध कायहरु प्राप्त
हुन्छन् । यस्ता लाभहरुलाई शब्दमा व्यक्त गर्नै सकिन्न । संक्षेपमा भन्ने हो भने कर्म लिङपाको निधि (तेर्मा)
मा बताइएको छ– बज्र गुरु मन्त्र एक पटक पढेको लाभलाई देखिने वस्तुको रुपमा ल्याउने हो भने यो
संसारमा नै अट्न सत्तैmन र यो मन्त्रलाई देख्ने, सुन्ने र सम्झने सबै प्राणी विद्याधर र विद्याधरी अवस्थामा
पुग्ने कुरा निश्चित छ ।
त्यसैले माथि बताइए भैं बज्र गुरुको मन्त्र जपेको लाभलाई मनले चिताउन नसकिने भएको हुनाले
आज यहा“ पनि संसारबाट नष्ट हुन लागेको बुद्ध धर्म फेरि उत्थान गर्न, लोप नभएकोलाई पैmलाउन र
लामो समयसम्म टिकाउन सबै जातिमा भएका बुद्ध शासन धारण गर्ने कर्ताहरुको आयु बढाउन, चिताएका
सबै कुराहरु सजिलैस“ग पुयाउन, भिक्षु संघले शुद्धसंग शील पालन गरी तीन चक्रहरु (त्रिपिटक श्रवण र
चिन्तन, गुम्बा बनाउने जस्ता कर्म र ध्यान) गरिकन समय बिताउन, सबै व्यक्तिका कुशल कर्महरुलाई
बीचमा तोडाउने ग्रह, नाग, भूतराज, विघ्न बाधा, कुभलो चिताउने र दुःख दिने सबै शान्त गराउन,
विश्वभरी र खासगरी नेपालमा रोग, भोकमरी लडाई शान्त बनाई आनन्द र सुःखको अवस्थामा सबैलाई
पुयाउन जिउ“दा व्यक्तिहरुका नमिल्दा घटनाहरु शान्त गराई चिताएको कुराहरु धर्म अनुसार पु¥याउन,
मृतकहरुलाई पछिल्लो जन्ममा कुशल मार्ग प्राप्त गराउनको लागि, संक्षेपमा भन्दा सम्पूर्ण व्यक्तिका
अहिलेका र अन्तिममा चिताएका उद्देश्यहरु स्वतसिद्ध पुयाउन र पुण्य तथा ज्ञान संभाररुपी दुई संभारहरु
पूरा गरी दुई आवरणहरु हटेर शुद्ध भई छिटै सर्वज्ञ बुद्धको अवस्था प्राप्त गर्ने, सिद्धि मन्त्रको जप गर्ने कार्य
गरिएको हुनाले धर्ममा विश्वास र श्रद्धा भएका सबै व्यक्तिहरुले बज्र गुरुको मन्त्र आदि पाठ गर्नु होला
भनी अनुरोध गर्दछु ।

Laser 5210N Free counter and web stats