हिमाली शेर्पा

     
himalisherpa logo
sherpa greeting
 

प्रश्न: क्लेश भनेको के हो

उत्तर: क्लेश भनेको राग, रिस, अज्ञानता, डाह र मोह हो ।
(क) रागः– मनले आफु र अरुको रुपलाई राम्रो देखेर चाहना गर्नु । कन्जुस्याइ“ले गर्दा धन सम्पति
छोड्न नसक्ने अवस्था हुन्छ । अरुको धन सम्पति र राम्रो बस्तुहरु देखेमा लोभ लागेर आउ“छ इत्यादि ।
(ख) रिसः– रिसले गर्दा आप्mनै मनमा पनि शान्ति हुदैन र आफुले हजारौ कल्पसम्म साँचेको (धर्म)
पुण्य पनि क्षणिक रिसको आगोले जलाइन्छ । त्यति मात्र नभएर रिसले गर्दा आफु र अरुको ज्यान समेत
लिन सक्छ ।
(ग) अज्ञानताः– अज्ञानताको कारणले आफूले गर्नु पर्ने धर्म र त्याग्नु पर्ने पापहरु नबुझी पशु जस्तै
रिस र रागको बाटोमा लाग्न सक्छ ।
(घ) डाहः– अरुले राम्रो काम गरेको जस्तै धर्म र धन सम्पति कमाएको कार्यलाई देखी प्रतिस्पर्धा
(Competition) गर्न लाग्दा आºनो मनमा शान्ति नभई अरुलाई पनि धोका दिन सक्छ ।
(ङ) मोहः– मोहले गर्दा ठूलो गुरु र आºनो साथी भाईको ज्ञान नदेख्ने हुन्छ जस्तै उहा“हरुसंग धन
धेरै भए पनि मलाई ज्ञान छ, उहा“हरुसंग ज्ञान भए पनि मलाई धन सम्पत्ति छ भन्ने, उहा“हरुसंग सम्पति र
ज्ञान दुबै भए पनि मेरो रुप छ भन्ने घमण्डीले सोच्ने इत्यादि हुन्छ । त्यसैले गर्दा आºनो गुरु र धर्ममा
श्रद्धा र भक्ति नगर्ने, ठूलालाई आदर र सम्मान गर्न नसक्ने, समाजमा बस्न गाह्रो हुने, अरुको ज्ञानलाई
आफुले लिन नसक्नले ज्ञान र गुण लिनमा बाधा पर्दछ । त्यसबाहेक रिसको फल नरकमा जन्म लिने, राग
(लोभ) ले पे्रतमा जन्म लिने र अविद्याले पशुमा जन्म लिने गर्दछ । मोह अविद्याको एक अंग हो । डाह
रिसको हागा हो र रागले मनुष्यमा जन्म लिने, रिसले नरक, अबिद्याले पशु, डाहले देवलोक र मोहले
असुरलोकमा जन्म लिने बताइएको छ । अरुपनि रागको कुकर्म (धेरै) ठूलो साचेमा नरकमा जन्म लिनेछ ।
मध्यम कुकर्मबाट प्रेतमा जन्म लिने र साधारण कुकर्मबाट पशुमा जन्म लिइन्छ भनि बताउनु भएको छ ।
त्यस्तै रिस र अविद्याको पनि ठूलो माध्यम र साधारणको फल अघि बताएको जस्तै भिन्नता हुन्छ ।

७. प्रश्न: नराम्रो कर्म कति प्रकारको हुन्छ ?
उत्तरः साधारणतया कर्म दुई प्रकारको हुन्छ । मनले सोचेको कर्म (चेतन कर्म) र मनले सोचेर गरेको कर्म (चेतयित्वा कर्म) । यी दुबैमापनि राम्रो र नराम्रो गरी दुई–दुइ प्रकार छन् । पहिलो सोचेको मनको कर्म भनेको मैले अरुलाई दुःख दिन्छु भनि सोच्नु हो । दोस्रोमा दुइ प्रकारका छन् ।

(क) मनले सोचेर मुखबाट पनि तिमीलाई म हिंसा वा हत्या गर्छु भन्नेलाई वाक्को (वचन) कर्म भनिन्छ ।
(ख) मनले सोचेर अरुलाई मार्नको लागि हात हतियार ले प्रत्यक्ष काट्नु वा बन्दुकको प्रयोग गरी हिंसा गर्नुलाई शरीरको कर्म भनिन्छ । छोटकारीमा शरीर, वचन र मनका अकुशल कर्महरु यस प्रकार छन ।
(क) शरीरको अकुशल कर्म तीनवटा छन्ः १. शरीर को माध्यमबाट काटमार गर्नु अथवा अरुलाई काटमार गर्न लगाउनु । २. अरुको सामान चोर्नु वा चोर्न लगाउनु । ३. व्यभिचार तथा दुष्ट व्यवहार गर्नु ।

(ख) वाक (बचन) को अकुशल कर्म चारवटा छन् । १. अरुलाई झुक्याउनु वा झूटो बोल्नु । २. मिल्ने साथीहरुको बीचमा पोल लगाएर फटाउनु । ३. अरुलाई नराम्रो बचन बोल्नु । ४.अर्थहिन वा व्यर्थको कुरा गर्नु । (ग) मनको अकुशल कर्म तीनवटा छन् । १.अरुको सम्पत्तिमा लोभ गर्नु । २. अरुलाई बाधा पु¥याउनु वा हिंसक भावना सोच्नु । ३. मिथ्या (उल्टो) दृष्टिले हेर्नु जस्तै काटमार गरे पनि पाप लाग्दैन, धर्म गरेपनि त्यसको फल छैन भनि सोच्नु । धर्म कर्ममा विश्वास नराख्नु, मनमा श्रद्धा र भक्ति नराख्नु चाहिं मनका नराम्रा दृष्टि वा कुदृष्टि हुन् । माथि लेखिएका शरीर, वचन र मनका नराम्रो कर्महरु जम्म दशवटा छन् र त्यसलाई दश अकुशल पाप तथा अकुशल कर्म पनि भनिन्छ ।

Laser 5210N Free counter and web stats