हिमाली शेर्पा

     
himalisherpa logo
sherpa greeting
 

प्रश्न: क्लेश भनेको के हो

उत्तर: धर्मको काम गर्नुलाई कुशल भनिन्छ । जस्तैः– पापको विपरित कर्म हिंसाबाट प्राणीको प्राण
बचाउने, चोर्ने र लुट्ने कार्य त्यागेर अरुलाई दान दिने, दुव्र्यवहार छोडेर धर्मको शील पालना गर्ने (
ब्रम्हाचर्य), ढा“ट्न छोडेर सत्य बोल्ने, पोल लाउने काम छोडेर झैं झगडा परेको मिलाउने, अरुलाई नराम्रो
शब्द र मन दुखाउने बचन छोडेर राम्रो शब्द बोल्ने वा प्रशंसा गर्ने, व्यर्थको कुरा छोडेर बुद्धका मन्त्रहरु
पढ्ने, अरुको वस्तु वा सामानको लोभ नगरी त्रिरत्नलाई दान चढाउने तथा दियो बाल्ने, इत्यदि ।


त्रिरत्नको ज्ञानलाई आफूले पनि प्राप्त गरौं भनी सोच्ने । अरुलाई बाधा पु¥याउने सोचाइलाई छोडेर
अरुलाई शुद्ध मनले दया, माया र सहयोग गर्न सोच्ने, नराम्रो दृष्टि छोडेर त्रिरत्न र गुरुप्रत् िश्रद्धा र भक्ति
गर्नुका साथै पाप गरेमा दुःख र धर्म गरेमा सुख हुन्छ भन्ने कुरामा विश्वास राख्नेलाई सद् धर्म पनि
भनिन्छ । दश कुशल कर्म पनि भनिन्छ । यी दश कुशल कार्यलाई बोधिचित्तउत्पाद गरी सम्पूर्ण प्राणीहरुको
निम्ति हित गरेमा महायान धर्म र आफु मात्र सांसारिक दुःख बाट मुक्त हुनको निम्ति पालना गरेमा
थेरवाद (हिनयान) धर्म भनिन्छ ।
९. प्रश्न : कर्म भनेको कुशल र अकुशल मात्र हो ।
उत्तर: होईन, कर्म जम्म कुशल, अकुशल र अब्याकृत कर्म गरी तीन प्रकारको छन । अब्याकृत कर्म चै
बहिरी बस्तु जस्तै हुन किनकि त्यसमा कुशल कर्म पनि छैन, अकुशल कर्म पनि छैन र त्यसको हेतुफल
पनि छैन ।
१०. प्रश्न : पाप भनेको के हो ?
उत्तरः राग, रिस र अज्ञानता वा अविद्याबाट मनमा सोच्ने बिकारलाई मनको पाप भनिन्छ । मनमा सोचेर गरेको कायको कर्म र वाकको कर्मलाई शरीर र वचनको पाप भनिन्छ । जस्तैः– एक जना मानिसले मनमा माछा मारौंला भनेर सोचेमा त्यो मनको पाप हो । मनमा सोची मुखबाट म माछा मार्छु भनेमा त्यो वाक्को पाप हो । मनमा सोचेर माछा मार्नको लागि माछा मार्ने साधन तयार गरेर माछा मारेमा त्यो शरीर वा जीउको पाप हो । अथवा आफैले नमारिकन अरुलाई मार्न लगाएमा वा अरुले मारेको देख्दा र सुन्दा आफू खुशी भएमा त्यो पनि आफूले नै मारेको जस्तै पाप बराबर हुन्छ भनी भगवान बुद्धले भन्नु भएको छ ।

११. प्रश्नः पापबाट नराम्रो कर्म आउ“छ कि नराम्रो कर्मबाट पाप आउ“छ ?
उत्तर : यसको बारेमा मानिसहरुले बेग्ला बेग्लै व्याख्याहरु गरिन्छ त पनि यी दुबैको अर्थ भने एउटै हो । रिस राग् मोह–डाह ईष्र्या जस्ता क्लेश बाट गरेको अकुशल कार्य पाप कर्म हो । यो पाप कर्मको कारणबाट सांसारिक महलमा घुमीरहन्छ ।
१२. प्रश्न : बौद्ध धर्म भनेको के हो ?
उत्तर : बौद्ध धर्म भनेको बुद्धले देखाएको बाटो अथवा मार्ग हो । त्यस मार्गमा अहिंसाको माध्यमद्वारा सम्पूर्ण प्राणीहरुको दुःख हटाई हित गर्ने र वास्तविक शान्ति (निर्वाण) दिलाउने गरिन्छ । यस धर्मको दुई भाग छ । क. अधिगम (तोक्पीक्षो) ख. आगम (लुङकी क्षो) । क. अधिगमहरु शील, समाधि र प्रज्ञाको शिक्षा गरी तीन ओटा छन् । अरु पनि बुद्ध (ले देखाउनु भए) को पा“च मार्गहरु संभरमार्ग, योगमार्ग, दर्शनमार्ग, भावनामार्ग र अशैष्य पनि अधिगमकै धर्म हुन् । ख. बुद्धको वचन (कांग्युर) बाचन गर्ने कार्यलाई आगम (लुङ) भनिन्छ । जस्तैः त्रिपिटकहरुः १. विनय पिटक, २. सूत्र पिटक, ३. अभिधर्म पिटक गरी तीन वटा छन् । धर्मलाई यानबाट छुटाउने हो भने नौ यानहरु छन् । १. श्रर्वकयान २. प्रत्येक बुद्धयान ३. बोधिसइभ्वयान ४. क्रियायान ५. उपयान ६. योगयान ७.महायोगयान ८. अनुयोगयान र ९.अतियोगयान । मनको सोचाई अनुसार छुटाएमा नौ यान भित्रका पहिलो र दोस्रो चाहिं हिनयान धर्ममा पर्दछ । बा“की सात वटालाई महायान धर्म भनिन्छ । अथवा छोटकरीमा भन्नु पर्दा हीनयानको धर्म (थेरबाद धर्म्) र महायानको धर्म गरी दुई प्रकार छन । महायानमा पनि सुत्रयान ( बोधिसइभ्व यान) रतन्त्रयान (वज्रयान) को धर्म गरी दुई प्रकार छन् ।

१३. प्रश्न:त्रिरत्न मध्येको धर्म कस्तो लाई भनिन्छ ?
उत्तर: धर्म पनि विभिन्न थरिका छन् तर त्रिरत्न भित्रको
धर्म भने बुद्ध धर्म (क्षो कोन्क्षोग्) भनेर चिन्नु पर्दछ ।

Laser 5210N Free counter and web stats