हिमाली शेर्पा

     
himalisherpa logo
sherpa greeting
 

प्रश्न: त्रिरत्न भित्र पर्ने संघ (गेदुन्) भनेको कस्तोलाई भनिन्छ

उत्तर: बुद्धले देखाएको सही बाटोमा लागेर ज्ञान प्राप्त गर्नु वा बुद्धको धर्मलाई श्रवण (सुन्नु), चिन्तन (
विचार गर्नु) र मनन (ध्यान) गरेर बुद्ध धर्मको पालना गर्ने व्यक्तिहरुलाई संघ (गेदुन्) भनिन्छ । त्यस्ता
संघहरु पनि दुई भागमा छुट्याइएका छन् । (क) हीनयानको मार्गमा प्रबेश गरेको संघ र (ख) महायानको
मार्गमा लागेको संघ । त्यस्तै अतिउत्तम धर्मको ज्ञान प्राप्त भैसकेको आर्य जस्ता महापुरुषको संघ र उत्तम
आर्यको धर्म प्राप्त नभएको साधारण ब्यक्तिको संघ भनी विभाजन गरिएको छ ।
१५. प्रश्नः त्रिरत्नको शरणमा परी शील प्राप्त गरिसकेकोहरुले के पालना गर्नु पर्छ ?
उत्तर : त्रिरत्नको शरणमा परी शील प्राप्त गरि सकेकोहरुले नौ प्रकारको नियमहरु पालना गर्नु पर्दछ ।
(पहिलो त्याग्नु पर्ने तिन शिक्षा) १. बुद्धको शरणमा प्रवेश गरिसके पछि त्रिरत्न बाहेक अरु लोक
देवताहरुको शरणमा जानु हुंदैन । किनभने लोकका देवताहरुले रिस, राग र अविद्यालाई त्याग्न नसक्दा
तिनीहरु पनि ६ लोकको चक्रमा घुमिरहने भएकोले संसारको दुःख देखि मुक्त हुन सकेका छैनन् ।
त्यसकारण सबै नराम्रो कार्यहरु देखि मुक्त भएर अलोकको ज्ञान प्राप्त भई संसारको हित गर्ने उत्तम
महापुरुष चाहिं बुद्ध एक मात्र हुनुहुन्छ ।

२. धर्मको शरणमा गएपछि किराफट्याङ्ग्रा देखि लिएर कुनै पनि प्राणीहरु माथि हिंसा गर्नु हु‘दैन ।

३. संघको शरणमा गएपछि काटमार गर्ने, चोर्ने र पाप धर्मलाई विश्वास नगर्ने जस्ता नराम्रो दृष्टि (बिचार) का
मित्रहरुसंग संगत गर्नु हु“दैन । तिनीहरु संग लागेमा आफ्ना असल व्यवहार पनि बिग्रिएर जानेभएकोले
त्यस्ताको संगत गर्नु हुदैन । (दोस्रो पालना गर्नु पर्ने तिन शिक्षा)

१.बुद्धको शरणमा प्रवेश गरी सकेपछि बुद्धको नराम्रो फोटो र साधारण मूर्ति जस्तालाई पनि साक्षात् बुद्ध र यसमा कुनै फरक नभएको सोची
सफा र उच्च ठाउ“मा राखी श्रद्धा र भक्तिपूर्वक आदर गर्नु पर्दछ ।

२. धर्मका शरणमा प्रवेश गरेपछि बुद्धको बचन सम्वन्धी ग्रन्थका स–साना टुक्रा अक्षरहरुलाई पनि साक्षात् धर्म संझेर सफा र उच्च ठाउ“मा
राखी श्रद्धा र भक्ति पूर्वक आदर गर्नु
पर्दछ ।

३. संघको शरणमा प्रवेश गरेपछि संघले लगाउने गरेको कपडा (रातो र पहेंलो इत्यादि रंगको
कपडाहरु) देख्दा ओछ्याउने र नाघेर हिंड्ने जस्ता ब्यवहार नगरी त्यसलाई पनि बुद्धको वस्त्र सम्झेर सफा
र उच्च ठाउ“मा राखी श्रद्धा र भक्तिपूर्वक आदर गर्नु पर्दछ । किन भने भविष्यमा बुद्धको शासनमा प्रवेश
गरेको संघहरु सबै नाश हुने समयमा लोकका देवी देवताहरु आई संघका कपडाहरुलाई एकै ठाउ“मा जम्म
गरी देवलोकमा पु¥याई उच्च ठाउ“मा राखी पूजा र ढोग गर्ने छन् । त्यसले पनि तिनीहरुको पाप नाश गरी
पुण्य सम्भार र कुशल कर्महरू प्राप्त हुनेछन् । त्यसकारण कपडालाई श्रद्धा र पूजा गरेमा आºनो पाप
काट्ने र संघमा श्रद्धा र भक्ति राख्दा पनि त्यसको पुण्य फल धेरै हुने हु“दा व्याख्या गर्न सकिंदैन ।
(तेस्रो समान्य तीन शिक्षा)

१. त्रिरत्नको शरणमा गइसकेपछि बिहान बेलुकी त्रिरत्नको प्रार्थना गर्नु पर्दछ ।

२. राम्रो तिथि, मितिमा त्रिरत्नको पूजापाठ गर्नु पर्दछ । जस्तैः अष्टमी, दशमी, पूर्णिमा,
पञ्चमी, औंसी, बुद्ध जन्मेको दिन, बुद्धले ज्ञान प्राप्त गरेको दिन र बुद्धले धर्म प्रचार गरेको दिनमा पूजापाठ
वा ध्यान गर्दा अरु समयमा गरेको पूजापाठको लाभ भन्दा त्यतिखेरको लाभ वा पुण्य संभार धेरै गुणाले
बढी हुन्छ ।

३. त्रिरत्नको शरणमा गएपछि राम्रो गुरुहरुबाट त्रिरत्नको ज्ञान र गुणहरु दृष्टि
(दर्शन) का अध्ययन गर्ने उपायहरु सिक्नु पर्दछ । अरु पनि बुद्धको सहि मार्गमा लागी अरुलाई पनि
सहिमार्ग देखाउन सक्ने सद् गुरुलाई बुद्धको भावन गर्ने, गुरु बचनलाई धर्मको भावन गर्ने, र गुरुको
चेलालाई संघको भावन राख्नु पर्दछ ।
१६. प्रश्नः राम्रो गुरु भन्नाले कस्तोलाई भनिन्छ ?
उत्तर : सूत्र र तन्त्रहरु अध्ययन गरी सकेको र तीनवटा शील (भिक्षु शील, बोधिसत्वको शील र बज्रयानको
“समय” शील) पालना गर्न सक्ने, राम्रो मन भएको, प्राणीहरुलाई धोका नदिने र दया माया भएको, बुद्धको
शासनलाई रक्षा गर्न सक्नेलाई राम्रो गुरु भनिन्छ । जस्तैः खेन्पो, लोपोन, टुल्कु र लामाहरुलाई पनि राम्रो
गुरु भनिन्छ ।

Laser 5210N Free counter and web stats