हिमाली शेर्पा

     
himalisherpa logo
sherpa greeting
 

प्रश्नः खेन्पो (उपाध्याय) भनेको के हो ?

उत्तर : खेन्पो (उपाध्याय) भनेको धेरै अर्थमा लाग्छ तर बौद्ध (बुद्धिष्ट) महायनहरुको वास्तविक खेन्पो
भनेको चाहिं यस प्रकारको हुनु पर्दछ कि गौतम बुद्ध उहा“ नै प्रथम खेन्पो हुनु हुन्छ । त्यसै गरी अरु पनि
पद्म सम्भव (गुरु रिन्पोक्षे) र शान्त रक्षित (खेन्छेन शिव छो) जस्तो हुनु पर्दछ । किनकि खेन्पो भनेको
बौद्धमार्गीहरुको सबै भन्दा ठूलो शील युक्त विद्वान गुरु हो । बिस्तर ब्यख्या २८ नम्बर प्रश्नको उतरमा हेर्नु

१८. प्रश्नः टुल्कु भनेको कस्तो ब्यक्तिलाई भनिन्छ ?
उत्तर : एक जना मानिस मरे पछि त्यो फलानोको चाहि‘ फलानो ठाउ“ र फलानाको छोरा वा छोरीमा
जन्मेर त्यसलाई चिन्नु वा एक जना लामा गुरु जस्ताले चिनाउनु सत्य कुरा नबुझ्ने र नजान्नेहरुले त्यो
टुल्कु वा अवतारहो भनिन्छ तर त्यसलाई टुल्कु वा अवतार भन्नु मिल्दैन । किन कि एउटा जुनी फेरेर
अर्को जुनीमा आउने चाहिं सबै प्राणीमा हुन्छ । त्यसलाई चिन्नु र नचिन्नुमा मात्रै फरक छ । काहि त्यो
टुल्कु वा अवतार हो भन्ने जिद्धी गरेमा नाम (कीर्ति) र राजनीतिले बनाएको बुझ्नु पर्दछ वा त्यसलाई
नक्कली टुल्कु भनिन्छ । अरु पनि म फलानो देवताको अवतार हो भनी झूटो बोलेर श्रद्धालु भक्तजनहरुबाट
दान दक्षिणा लिने, लामा गुरु र साथीहरुलाई मान नगर्ने, बुद्धको सही नियम पालना नगर्ने, जहिले पनि
ठूलो र नाम मात्र कमाउन चाहने, अरुले केही भनेमा सहना नसक्ने, त्रिरत्न र उपासक, श्रमण, भिक्षु,
बोधिसइभ्व र बज्रयानको नियमहरु पनि पालना गर्नु नपर्ने जस्तो संझिने, नराम्रो कार्य सबैमा सहमत हुने,
आज भोलि गुम्बाले औतारी खोज्ने नगरी औतारीले गुम्बा खोज्दै आफैले अरुलाई म टुल्कु हुँ भनी प्रचार
गर्ने र ठूलो ठूलो गुरु लामाहरुलाई बाध्य पारेर टुल्कुको नाम राख्न लगाइन्छ । यी यस्ता कार्य सबै बुद्धको
शासनलाई कालो दाग लगाएर आफू पापको भुमरीमा फस्ने काम गर्नु हो, यस्तो जीवन लिनु भन्दा नलिनु
राम्रो हुन्छ । किनकी यो पाप कार्य भएकोले पुनः जन्ममा नर्क, प्रेत र तिर्यकको स्थानमा जन्म लिई
दुर्भाग्यको फल भोग्नु पर्ने हुन्छ । यस्ता व्यक्ति चाहि धर्म कर्मको महात्व नबुझी अन्धकारमा रहि पक्षपात
गर्नेले मात्र मान गर्नेछ र सही धर्मको अर्थ बुझनेले त्यस्तालाई मान गर्नको सट्टा घृणा गर्नेछ । (बुद्ध धर्मको
राम्रो) ज्ञानले युक्त भए टुल्कु मात्र नभई जुन सुकै व्यक्ति पनि आफनो गुरु वा धर्म मित्रको रुपमा सम्मान
गरि मान्न सकिन्छ । वास्तविक (सक्कली) टुल्कु चाहि बुद्ध र बोधिसइभ्व अर्हतको निर्माणकाय हुनु पर्दछ ।
१९. प्रश्नः ठूलो पूज्य गुरुहरुले नाम दिएको पनि नक्कली टुल्कु हुन् सक्छ ?
उत्तर : त्यसमा ३ प्रकारको छ । १. जस्तै भविष्य वाणि गर्न सक्ने गुरुहरुले देखेर बुझेर अरु कसैको
अनुरोधमा र आफैले साधारण व्यक्तिको पुन जन्म यो हो भनि चिनाएमा त्यो चिनेको सही हो तर त्यो
टुल्कु होईन ।

२. बौद्ध महायान बज्रयानको सही मार्गमा लागेर अध्ययन र धेरै तपस्या गरेर सिद्धि प्राप्त
गरेको गुरुहरुको जन्म यो हो भनि चिनाएमा त्यो सत्य हुनु पर्छ ।

३. एक महान गुरु परिनिर्वाण भई स्वर्ग
जानु भयो भने फेरि त्यस गुरुको चेला अथवा आफन्तहरूले एउटा सानो बालकलाइ (उस्को बुबा आमा र
आफन्तले) यस गुरुको अवतार हो भनि नाम दिनु भन्दै बाध्य बनाई गुरुबाट नाम (सिफारिस) पाएता पनि
त्यो सही होईन वा यो फलानो यस्ता लामाको अवतार हो र सही प्रमाणको निम्ति पत्र मागेमा त्यो पनि
झूटो नै हो । अरु पनि जोगछेन कल्जङ रिन्पोछेले यस्तो भन्नु भएको छ । पैसाले नाम किन्ने र नामले
पैसा कमाउने यस्ताहरु सद्धर्मको बिपरित गर्ने हो भनि लेख्नु भएको छ ।
२०. प्रश्नः जुन गुरुले थाहा भइकन फेरि नाम दिनु गुरुको गल्ती होईन ?
उत्तर : होईन । किन भने त्यो व्यक्ति औतार होईन भनि थाहा छन तर पनि उ र उसको आफन्तहरुले
नाम नदिएको कारण रिस उठी गुरुलाई नराम्रो गर्ने र अशुद्ध मन सोची अझ ठूलो पाप कार्य साच्ने
भएकोले दया माया र शुभ साइत अनि शुभमंगल होस् भनि दिनुभएको हो ।
२१. प्रश्नः एउटा बालकले अघिल्लो जन्मको सामान र आफन्त चिनेमा त्यो बालक औतार हो त ?
उत्तर : यो निश्चित छैन् । किन भने कोही साधारण व्यक्तिले पनि त्यो बताई रहेकै हुन्छ र कोही औतार
भए पनि अगिल्लो जन्मको चीज चिन्न नसकेर क, ख देखिको ज्ञान लिनु पर्ने हुन्छ ।
२२. प्रश्नः सबै नक्कली टुल्कुहरुलाई मान्नु हुदैन त ?
उत्तर : खास त्यो होईन । किन भने नक्कलीहरु पनि बुद्धको सही मार्गमा लागेर गुरुलाई श्रद्धा र आदर गरी
धर्म कर्ममा विश्वास राखी सूत्र र तन्त्रको बारेमा ज्ञान लिई ईष्ट देवताको मन्त्रहरु जप गर्ने, बुद्धको
उपदेश त्रिपिटकहरु अध्ययन गर्ने, शीलको पालना गरी शुद्ध मनले प्राणीको हित गर्न सकेमा त्यसलाई
सबैले मान्नु पर्छ ।
२३. प्रश्नः खेन्पो भनेको सबै सक्कली मात्र हुन सक्छ ?
उत्तर: आजकल अलिकति पढेर शिक्षक भन्न साथ आफूले म खेन्पो हू‘ भनि प्रचार गर्ने र अरु नबुझनेले
पनि खेन्पो भनि मान्ने गरिन्छ । आपूmले केही नजाने पनि म खेन्पो हो भनि हिड्नेहरु चै नियम अनुसार
खेन्पो भनिदैन । सही नियम पुराएको खेन्पो चै भिक्षु शील लिएर धेरै बर्ष भएको, बोधिसत्वको शीलले युक्त
भएको र बज्रयानको शील (समय) आफैले पालना गरेर अरुलाई पनि दिन सक्ने क्षमता भएको । हिनयान
र महायानको त्रिपिटकहरु अध्ययन गरिसकेको, बज्रयानको ६ यान (क्रिया, उपा, योग, महा, अनु र अति)
अथवा नौ यानको बारेमा अध्ययन गरिसकेको, शुद्धमन भएको, बज्रयानको गुरु, इष्टदेव र डाकिनीको मन्त्र
जप तथा उत्पन्न क्रम र सन्पन्नक्रमको अध्ययन गरेको, कम्तिमा २१ वर्षसम्म व्याकरण, सूत्र र तन्त्रहरुमा
अध्ययन गर्नुको साथै बुद्धको शासन पालना गरी धेरै प्राणीको हित गर्न सक्ने क्षमता भएको, आचार्य पद
प्राप्त गरि अरुलाई धेरै शिक्षा दिक्षा दिएको अनुभव भएको व्यक्तिलाई ठूलो गुरुबाट खेन्पोको पदमा नियुक्त
गरिन्छ । त्यस्ता उत्तम व्यक्तिलाई खेन्पो भनि मानिन्छ ।
२४. प्रश्नः ग्येशे भनेको कस्तो व्यक्तिलाई भनिन्छ ?
उत्तर: ग्येशे भनेको धर्ममित्र एवं कल्याणमित्र हो ।
२५. प्रश्नः तपाईले सही बाटोमा नलाग्नेहरुलाई कस्तो दृष्टिले हेर्नुहुन्छ ?
उत्तर: आपूmले बुझाएर बुझ्नेहरुलाई सधै सम्झाउने प्रयास गर्छु नमान्नेलाई बुद्ध प्राप्तिको प्रार्थना गर्दै
सहीमार्गमा लगोस भनि प्रार्थना गर्दछु । बुझेर (रिस, राग, मोह, डाह र ईष्य कम भएको) सहीमार्गमा
लाग्नेहरुलाई आदर गर्दै शुभकामना दिन चाहन्छु ।

Laser 5210N Free counter and web stats