हिमाली शेर्पा

     
himalisherpa logo
sherpa greeting
 

प्रश्नः लोपोन भनेको के हो ?

उत्तर: लोपोन भनेको आचार्य हो तर वास्तविक लोपोन चाहिं पद्म सम्भव जस्तो हुनु पर्दछ ।
२७. प्रश्नः लामा भनेको के हो ?
उत्तर: लामा भनेको गुरु हो ।
२८. प्रश्नः आजकालको खेन्पो, टुल्कु र लोपोनमा के फरक छ ?
उत्तर : खेन्पोलाई लोपोन भन्दा हुन्छ तर लोपोनलाई खेन्पो भन्न मिल्दैन । टुल्कुलाई खेन्पो भन्न निश्चित
हु“दैन र खेन्पोलाई पनि टुल्कु भन्न निश्चित हु“दैन । खेन्पोको पद पाउन धेरै नै कठिन हुन्छ तर टुल्कुको पद
पाउन आजकाल सजिलो भएको छ । हिजोआज खेन्पो र टुल्कु दुबैको ज्ञान भएको गुरुहरु हिज होलिनेस
दलाई लामा, हिज होलिनेस (परम् पूज्य) पद्म नोर्बु रिन्पनेक्षे, हिज होलिनेस ठुल्शिक
रिन्पनेक्षे, क्याब्ज्ये ताग्लुङ् चेटुल रिन्पनेक्षे, खेन्पो जिग्फेन रिन्पनेक्षे, खेन्छेन पेछे रिन्पनेक्षे र खेन्क्षेन पेमा शेराब
रिन्पनेक्षे इत्यादि हुन् । नजान्ने र नबुभ्नेहरुले खेन्पो भनेको अवतारहोईन भन्छन् । यो कुरा निश्चित छैन ।
कारण उनीहरुले अगाडिको सूत्रमा व्याख्या गरिएको कुराहरु नबुझेको हुन सक्छ र यसै सन्दर्भमा कर्म
छ्याग्मे (राग आस्य) ले “अन्य पनि संघको बीचमा बस्ने खेन्पोहरु, अर्हतहरुको निर्वाणकाय (टुल्कु) देखि
अरु हुन सकिन्न, त्यस्तै धेरै भिक्षु संघ भएको गुम्बामा रहनु भएको धेरै जसो खेन्पोहरु एउटा अर्हत टुल्कु
वा अवतार सिद्धि प्राप्त गरेको हुने छन्” भनी उल्लेख गर्नुभएको छ । महापण्डित दिपंकरले “पहिले भोटमा
बुद्धको शासन शुरु गर्ने र फैलाउने दुई खेन्पोहरु र भविष्यमा जब सम्म बुद्ध शासन रहन्छ तबसम्म
खेन्पोको रुपमा आउने सबै उहा“ कै अवतार (टुल्कु) हुन् र उहा“भन्दा फरक छैन” भन्नुभएको छ । त्यसैले
यो कुरालाई पनि सबैले जान्नु जरुरी छ । माथि व्याख्या गरिएका राम्रा गुरुहरुलाई रिन्पोक्षे भनी आदर
गरिन्छ । रिन्पोक्षे भनेको रत्न जस्तो अमूल्य र कमै संख्यामा पाइने वस्तुलाई भनिन्छ । रिन्पोक्षे भनेको
लामा गुरु नै हुनु पर्छ भन्ने छैन । राजा र मन्त्रीहरुलाई पनि ग्याल्पो रिन्पोक्षे र लोन्पो रिन्पाक्षे भनिन्छ ।
२९. प्रश्नः प्रोफेसर (डक्टर) भनेको खेन्पो हो ?
उत्तर : खेन्पोलाई प्रोफेसर (डक्टर) भन्न मिल्छ तर प्रोफेसरलाई खेन्पो भन्नु निश्चित हुदैन ।
३०. प्रश्नः किन सबै प्रोफेसर (डक्टर) लाई खेन्पो भन्नु मिल्दैन ?
उत्तर : कुनै पनि विश्वविद्यालयबाट अध्ययन समप्त गरी एउटा बहिरी वस्तु माथि अनुसन्धन गरी सफल
भएको ब्यक्तिलाई प्रोफेसर (डक्टर) भनिन्छ । तर त्यस्ता प्रोफेसर हजार चोटी पास गरे पनि खेन्पो हुन
सक्दैन । खेन्पो (उपाध्याय) भनेको बुद्धको सही मार्ग अनुसार ध्यान, तपस्या र सुत्र तन्त्रलाई धेरै वर्षसम्म
अभ्यास गरी अनुभव भएको हुनुपर्छ । बौद्धमार्गीहरुको प्रथम खेन्पो चै गौतम बुद्ध नै हुनुहुन्छ । कारण
महायानको प्रतिमोक्ष्ँ सूत्रमा–हामीहरुको खेन्पो (उपाध्याय) तथागत अमिताभलाई पनि ढोक गरी शरणमा
जान्छु । वर्तमान हामीहरुको खेन्पो (उपाध्याय) भगवान शाक्यमुनीलाई पनि (आदर पुर्वक) ढोक गरी
शरणमा जान्छु । महापुरुष विमलकीर्ति र मञ्जुश्रीलाई पनि ढोक गरी शरणमा जान्छु भनिएको छ । यसमा
मञ्जुश्रीलाई खेन्पोको शैक्षिक योग्यता नभएको होइन उहा“ भगवान बुद्धसंग संगै रहदा गुरु शिष्यको
आधारले बुद्धलाई खेन्पो र मञ्जुश्रीलाई महापुरुष भनिएको हो । त्यसैगरी प्रतिमोक्ष्ँ सूत्रमा–दर्शन धर्मराज !
जस्तै बुद्ध परिनिर्वाण भएपछि कुनै पनि व्यक्तिले एकछिन मात्र यो सुत्रान्त पिटक पढेर
त्रिरत्नलाई विनम्र आधार र खेन्पो (उपाध्याय) लाई सत्कार गरी पूजा दान गरेमा त्यस्ता पुरुषहरुले जिन (
बुद्ध) का आधार (गुण) प्रँप्त गर्न सक्छ भनी भन्नु भएको छ । पद्म कथाङमा–खेन्पो शान्त रक्षिताले अहिले
भारतका बौद्धगया सामुन्नेमा ओग्र्यानका खेन्पो पद्म संभव वसिरहनु भएको छ । पञ्च महाविद्यामा परंगत
विद्धान, वास्ताविक कला अभ्यास गरी दुई सिद्धि प्राप्त गरेको छ भनी भनिएको छ । गुरु पद्मा संभव
स्वयमले पनि पञ्च ज्ञानको वस्त्र लगाइ ।। पञ्चकायको पात्र भोग्ने ।। म खेन्पो (उपाध्याय) पद्मकार हुन ।।
भनि खेन्पो (उपाध्याय) स्वीकार्नु भएको छ । यी अगमले व्याख्या गरे अनुसार खेन्पो बौद्धमार्गीहरुको
सबैभन्दा ठूलो ज्ञान प्राप्त गरेको हुन । त्यस्त नभएपनि हिनयान र महायानको त्रिपिटकहरु अध्ययन गरी
भिक्षु शील, बोधिसत्व शील, बज्रयानको समय शीलले अलंकृत, संवृति सत्य र परमार्थ सत्यको भित्री ज्ञान
भएको, तन्त्रको उत्पन्न क्रम र सम्पन्न क्रमको अनुभूति भएको विद्धान गुरु हुनु पर्दछ । यी यस्ता ज्ञानहरु
पि.एच.डी. गर्ने डक्टरहरु संग भएमा त्यो खेन्पो नै हुनेछ । तर धरै जस्तो डक्टरहरुलाई बहिरी ज्ञान मात्र
हुन्छ । दुई सत्य र दुई क्रमको अन्तर बृहत तथा बिशाल ज्ञानहरु सुन्न सम्म पनि पाएको हुदैन । कसैले
सुन्न पाए पनि त्यसको पालना गर्ने डक्टर हजारमा एक मात्र पाईन्छ । भिक्षु शील, बोधिसत्व शील, समय
शीलहरु खेन्पोले दिन सक्छ । तर प्रोफेसरले अरुलाई शील दिन सक्दैन र मिल्दैन पनि । भाषाविद ले मात्र
ठूलो हुने होईन । त्यस कराण पि.एच.डी गरेको डक्टरहरु सबैलाई खेन्पो संग तुलाना गर्नु मिल्दैन ।
कसैले खेन्पो भनि संभोधन गरे पनि खेन्पो हुने छैन ।

Laser 5210N Free counter and web stats