हिमाली शेर्पा

     
himalisherpa logo
sherpa greeting
 

प्रश्नः बुद्धले कति प्रकारको धर्म देशना दिनुभएको छ ?

उत्तर: हिनयान र महायान । हिनयानमा पनि श्रावक यान र प्रत्येकबुद्धयान गरी दुई प्रकारका छन् ।
महायानमा पनि सूत्रयान र गुह्ययान गरि दुई प्रकारको छ । आफु सांसारिक दुःख र निर्वाणको गुण बुझेर
शान्तिको (पथ) निर्वाण खोज्नु हिनयान धर्म हो । आफु र अरु दुवै यस सांसारिक दुःखबाट हटेर बुद्धको
स्थान प्राप्त गर्नेलाई महायान धर्म भनिन्छ । महायानको दुई सम्प्रदाय मध्ये सूत्रयान चाहिं प्राणीको लागि
धेरै कल्प सम्म पुण्य संभार र ज्ञान संभार अनुकूल गरि धर्म काय, निर्वाणकाय र संभोगकाय प्राप्त गरिन्छ
भने तन्त्रयानमा चाहिं धेरै उपाय बाट १६ जुनी सम्ममा बुद्धत्व प्राप्त गरिन्छ र चाँडोमा एक जनममै
बुद्धत्व प्राप्त गरिन्छ । अरु पनि सिद्धान्त, चर्या, भावनाक्रमबाट भिन्नता भए पनि यहाँ प्रस्तुत गरेको छैन ।
आआफ्ना मित्र वा गुरुवर्गबाट सम्पूर्ण ज्ञानको खोजी गर्नु होला ।
३२. प्रश्नः पुण्य तिथिमा शील पालना गरेको महिमा (गुण) र पालना नगरेको दोष के छ ?
उत्तर : (क) हरेक महिनाको नौ वटा महत्वपूर्ण दिनहरुमा शील लिई व्रत बसेर धर्म गरेमा त्यसको लाभ
गुण वढी हुने कुरा शास्त्रमा वताउनु भएको छ । ती नौ वटा महत्वपूर्ण दिनहरु यस प्रकार छन् मंगोल
महिनाको १ गते, ८, १४, १५, १८, २३, २४, २८, र ३० गते । जुनै महिनामा पनि नौ वटा तिथि तथा
महत्वपूर्ण दिनहरु आउनेछ । यी दिनहरुमा धर्म गरेमा ठूलो गुण हुनेछ र पाप गरेमा पनि ठूलो पाप हुनेछ ।
यसबारे गुरु पद्म संभवलाई भोटको राजा ठिस्रोङ् देउच्यनले महा आचार्य ज्यू, “महायान र हिनयानको
विशेष समय र गतेको विभाजनहरु योगीहरु वाहेक हामीहरु जस्ता साधारण व्यक्ति तथा श्रद्धावानहरुलाई
पनि राम्रो गरी बुझाइ दिनुहोस,” भनि प्रश्न गर्नु भयो । त्यस पछि गुरु पद्म संभवले वचन दिनु भयो ।
राजा तपाई सुन्नुहोस हिनयानको शीलहरु चाहि उपवास (कालको) शील र सदाशील गरी दुई वटा छन् ।
पहिलो उपवास शील व्रतको शील लिएर एक दिन, तीन दिन, एक महिना वा केही वर्ष सम्म वा समय
समयमा पालना गर्नेलाई उपावास शील भनिन्छ । दोश्रो चाहि श्रमाण, श्रमाणेर, भिक्षु र भिक्षुणीहरुले लिएर
जीवनभर पालना गर्नुलाई सदाशील भनिन्छ । यो शील लिएपछि त्याग्नुपर्ने कुराहरु हिंशा गर्ने, चोरी गर्ने,
झुटो बोल्ने, व्यविचार गरी मुल चार वटा र मासु, जा“ड, लसुन गरी तीन, त्यसै गरी बिकालको भोजन
त्यागनु हुन । दिन दिनै व्रतको शील लिएर साधना गर्नु नै, पवित्र दिनको सदधर्म गर्नु हो । हरेक मंगोल
महिनाको (एकदशी) पहिलो दिन कुमार बोधिसत्व देव पुत्र यस लोकमा प्रस्थान गर्नेछ त्यस बेला तिङ्जीन
होद्की ग्याल्पो नामक (समान्त) जिनबुद्धलाई ढोग गरी व्रत शील लिएर पालना गरेमा चालिस कल्प सम्म
साँचेको पाप कट्टी भई डर र त्रासको दुःख स्थानबाट मुक्त हुनेछ । हरेक महिनाको अष्टमीको दिन
बोधिसत्व राजा थेसे.यस लोकमा पाल्नु हुनेछ । त्यतिबेला वैडुर्य बुद्धलाई ढोग गरी व्रतशील लिई पालना
गरेमा तिस कल्पसम्म साँचेको पाप कट्टी (हटेर) भई निरोगी हुने तथा (नरक) मुर्दाको दलदलमा फस्ने
दुःखबाट मुक्त हुनेछ । हरेक महिनाको चर्तुदशी (१४ गते) का दिनमा बोधिसत्व यमराज (यसलोकमा) घुमी
आउने छ । त्यो दिन हजारौं बुद्धलाई ढोगी व्रतशील लिएमा एक हजार महा कल्प सम्म सा“चेको पाप हटेर
उमाल्ने र पोल्ने जस्ता तातो नर्कको दुःखबाट मुक्त हुनेछ । हरेक महिनाको पुर्णिमाको दिन यमराज
सर्तवाहक यस लोकमा घुम्दै आउनु हुनेछ । त्यस बेला बुद्ध अमिताभलाई ढोग गरी व्रतशील लिएर पालना
गरेमा दुई हजार कल्प सम्म सा“चेको पाप हटेर (शुद्ध) भई चिसो नरकको दुःखबाट मुक्त हुनेछ ।
हरेक मंगोल महिनाको १८ गते (कृष्णपक्ष तृतीय) को दिन यमराज यस लोकमा घुम्दै आउनेछ । त्यस
बेला बोधिसत्व अवलोकेश्वारलाई ढोग गरी व्रत शील लिएर पालना गरेमा उन्नाईस महाकल्प सम्म
सा“चेको पापबाट मुक्त भई हात हतियारले काट्ने र चिर्ने जस्तो नर्कीय दुःखबाट मुक्त हुनेछ । हरेक
महिनाको २३ गते (कृष्णपक्ष सप्तमी) को दिन यस लोकमा बोधिसत्व महाश्वार (परिक्रम गर्नु) घुम्दै
आउने छ । त्यस समयमा बुद्धवैरोचनलाई ढोग गरी व्रतशील लिएर पालना गरेमा १२ सय हजार महाकल्प
सम्म सा“चेको पापबाट मुक्त भई भोकमारी प्रेतको दुःख स्थानबाट मुक्त हुनेछ । हरेक महिनाको २४ गते (
कृष्ण पक्षको अष्टमी) को दिन इन्द्र (शक्र) घुम्दै यस लोकमा आउनेछ । त्यस समयमा बोधिसत्व खिङ
राजालाई ढोग गरी व्रतशील लिएर पालना गरेमा महा हजारौ कल्पको पाप शुद्ध भई झै–झगडा, काटमार
र चिर–फा“टको दुःखबाट मुक्त हुनेछ । हरेक महिनाको २८ गते (कृष्ण पक्ष द्वादशी) को दिन देवपुत्र ईन्द्र
यस लोकमा घुम्दै आउने छ । त्यति बेला बुद्ध (अमितायु) अमिताभलाई ढोग गरी व्रतशील लिएर पालना
गरेमा एक महाकल्प सम्म सा“चेको पापबाट हटेर कालसुत्र नरकबाट मुक्त हुनेछ । हरेक महिनाको औंशीको
दिन जीज्यु बोधिसत्व व्राह्म यस लोकमा घुम्दै आउनेछ । त्यति बेला शाक्य मुनी बुद्धलाई ढोग गरी
व्रतशील लिएर पालना गर्न सकेमा १९ हजार कल्प सम्म सा“चेको पाप दुर भई अग्नि ज्वालाको दुःखबाट
मुक्त हुनेछ । भनी बताएको छ । अरुपनि चारवटा महात्वपूर्ण दिनहरु छन् । १. सात, आठ र नौ गतेका
दिन पुजापाठ तथा धर्म गरे अर्को जुनिमा पुरुषको जन्म लिनेछ । २. दश, एघार र पन्ध्र गते पुर्णिमाको
दिन पुजापाठ तथा धर्म गरेमा मरण पश्चात धर्मपाल राजाको रुपमा जन्म लिनेछ । ३. तेईस, चौविस र
पच्चीस गते पुजापाठ तथा धर्म गरेमा मरण पश्चात शक्तिशाली र भाग्यमानी भएर जन्म लिनेछ । ४.
उनान्तीस गते र औंशीको दिन तथा एक गते (एकादशीको दिन) पूजापाठ तथा धर्म गरेमा ६ लोकको
प्राणीहरु सबैलाई हित गर्ने सक्ने क्ष्ँमता हुनेछ । (ख) त्यसै गरी एक महिनामा नौ वटा महत्वपूर्ण (अगाडि
बताए अनुसार) दिनहरु छन् । त्यस दिन शील पालना गरेमा त्यसको लाभ गुण (महिमा) अनगिन्ती छन् ।
यदि त्यो पालना गर्न नसकी ठूलो प्राणी देखि सानो जुम्रा सम्म जस्तो सुकै भए पनि हिंसा तथा हत्या
गरेमा आफूलाई पनि अरुले एक दिन (यो जुनी या आर्को जुनिमा) हत्या गर्नेछ साथै मरण पश्चात तातो
नर्कमा जन्म लिईन्छ । त्यसै गरी अरुको धन लुट्ने, चोर्ने, झुक्याएर लाने गरेमा आफु एक दिन भोकै
मर्नेछ । खाना, लाउन र पिउन समेत नभएको प्रेतको स्थानमा जन्म लिनेछ । मैले देउता देखे, भुत प्रेत
देखे भन्ने जस्त झुठो बोलेमा आफु पनि एक दिन बहुला (मगज बिग्रको) हुने र मुटुको रोग लागेर
छट्पटीने छ । अनि मरण पश्चात जिब्रो माथी हलो जोत्ने नर्कमा जन्म लिएर दुःख भोग्नु पर्ने हुन्छ ।
रागको माध्यमबाट अरुको छोरी, श्रीमती वा अरु केटा र श्रीमान संग ब्यविचार (दुष्ट व्यवहार) गरेमा
मरण पश्चात मानव जीवन लिन कठीन भई मुर्दाको दलदल (एक प्रकारको नरक) मा जन्म लिनेछ भनि
पद्मा संभवले बताउनु भएको छ ।

Laser 5210N Free counter and web stats