हिमाली शेर्पा

     
himalisherpa logo
sherpa greeting
 

प्रश्नः समान्य मासु र जाडको बेफाईदा कहा बताएको छ ?

उत्तर : कालचक्र तन्त्रको २५ ब्रत मध्ये एउटा “प्राणी हत्या गरेको मासु नखानु र जाड न पिउनु” भनि
बताउनु भएको छ । त्यसै गरी महा सिद्धि गुरु पद्मा दुदुलले जस्त पनि बुलाउने जाँड (रक्शी र सुकुटी)
तथा मासु स्वदिलो भनाई चाहना गरी सेवन गरेमा रौरव नरकमा जन्म लिई ३५ कोरोड बर्ष सम्म आगोले
पोलेर दुखित हुनेछ । भनि बताएको छ ।
३४. प्रश्नः बिषेश गरी मासुको बेफाइदा के छ ?
उत्तर : शाक्यमुनि बुद्धले परिनिर्वाण शुत्रमा मासुको सेवनले मनमा करुण र मैत्रीभाव हाटेर रिस, राग र
मोह बृति हुने कुरा बताएको छ । त्यसैगरी पदम संभवले पनि प्राणीको मासु र रगत खाएमा जिउको
वाहिर र भित्री आन्द्राका रोग लाग्ने, कलेजो, मुटु, मृगौला इत्यादिमा का“डाले घोच्ने जस्ता झस्कने रोग
आउनेछ र आफनो मासुलाई पनि अरु जिबहरुले खानेछ भनि बताउनु भएको छ । अरु पनि शुत्रमा
फाइदाको लोभमा प्राणी हिंस गर्ने, मासुको निम्ति सम्पति दिने, जस्त दुबै कार्यको फल रौरब नरकमा
जन्म लिई (शरीरमा) घोच्ने र पकाउने (जस्त दुःख भोक्नु पर्ने) छ भनि बताउनु भएको छ ।
३५. प्रश्नः बिषेश जाँड खाएमा बेफाइदा के छ ?
उत्तर : १. महा बज्रधर बुद्धले “जति मिठो भए पनि पकाएको (छानेको) जाँड नखानुन” भनि गुरु क्षोकि
वाङक्षुगको धर्म निधिमा बताउनु भएको छ । २. थ्वग्पो रिन्पोक्षे ले “एक बिभिन्न पापी मासु । दुई मात
लाग्ने ब्यक्तिको जँँड । तीन झुक्याउने तरुनी साथी । यी तिन धर्म गर्ने हरुको निम्ति बिष हुन । सद्धर्म
गर्नेहरुले यो तिन (आबश्य) त्यग्नु” भनि बताएको छ । ३. त्यसै गरी गुरु रिन्पोक्षेले “जा“ड खाएमा सुख्खा
वालीको दाना भित्र जन्म लिएर दुखित हुनेछ” जस्तैः गहु, मकैहरु भित्र भएको किरा जस्तो र “अरु पनि
धागो र डोरी खाने जस्ता किरामा जन्म लिनेछ” भनि बताउनु भएको छ । ४. महायोगी मिलारेपाले “जाँड
यो लोभ र चाहना बढने द्रब्य हुन । पिएमा मुक्तिको मुल प्राण नै कटिन्छ” भनि बताएको छ । ५. (
गवाच्यन की शुपी दो) आर्य नन्दिक शुत्रमा “जाँडलाई मनपराउने मानिसहरु आफ्नो हित र अरुलाई सुख
दिन सक्दैन । जाँडले अबिद्या र नराम्रो रुप बनाउँछ । ह ल नामक बिष झै भएकाले यो न पिउनु” भनि
बताएको छ । ६. ओग्र्यन रिन्पोक्षेले “त्रिलोकको दुःखहरुको हेतु पनि एउट जाँड हुन त्यस करण जाँड
त्यग्नु । ६ ज्ञान उत्पन्न हुदाँ मोहरुपी निन्दारमा फस्ने पनि जाँड नै हुन । शील पालना गर्दा घृणा नहुने
पनि जाँड नै हुन । (बुद्ध तथा) “ज्ञान बोधिसत्व ध्यान गर्दा, पाँच बिष आगो झै बलाउने पनि जाँड हुन” ।
भनि बताएको छन । (पाँच बिषहरु राग, रिस, मोह, डाह, इष्र्य) ७. (दोर्जे चेमो) शूक बज्र नामक तन्त्रमा
सर्ब बिनासको मुल (करण) जाँड (भएकोले) सबै त्याग् गर्नु भनि बताएको छ । ८. बिनय पिटकमा जाड
खाने चै रौरव नर्क र दिने ब्यक्ति चै त्यसको परिसरमा जन्म लिइन्छ, भन्नु भएको छ । ९.
(डेन्प ङेज्र्हग्) उपस्थित स्मृति शुत्रमा “जाँड पिउने मनुष्यहरु, सबै धर्मको (नष्ट गर्ने) बञ्चरो हुन । अरु
पनि पिउने समयमा जाँड मिठो र त्यसको फल अति (दुःख) ठूलो छन” भनि बताउनु भएको छ । १०. (
गेदिग् नामपर ज्येपी दो) पाप धर्म बिभाजन शुत्रमा “यस जनममा जाँड पिएर मत्ने हरु (अर्का जनममा)
अति तातो तामाको झोल पिउने नरकमा जन्म लिइन्छ” भनिएको छ । त्यसै गरी बज्रयान तन्त्रमा पनि
योगीहरु जाँडले मातेमा रौरव नरकमा जन्म लिइन्छ भनि बताएको छ । त्यसैले अगडि बताए भैm यस
जनममा दुःख बिमार फैलाउने, धन सम्पति नाश गर्ने, आफु र अरुमा भएको ज्ञान गुणहरु नदेख्ने, अफान्त
र धर्म मित्रलाई फटाउने तथा भैझगड बनाउने, शील भंग गरी धर्म नाश बनाउने जस्त पाप र अकुशल
कर्म साँचेर नर्कमा जन्म लिने मुल करण जाँड रक्सी भएकोले समस्त मित्रहरुले त्याग्नु पर्ने जरुरी देखिन्छ
३६. प्रश्नः लसुन तथा सुर्तीको सेवन गर्नाले बेफाईदा के कस्ता छन ?
उत्तर : “लसुन खाएमा अर्को जन्ममा बुद्ध, बोधिसत्व र अर्हतहरुको वचन समेत सुन्न पाईने छैन । अरु
पनि नराम्रो दुर्गन्धि प्राणी वा नराम्रा गन्ध भएको घिन लाग्दो ठा“उमा जन्म लिने छ” भनि पदम संभवले
बताउनु भएको छ । अरु पनि उदराण जस्तै एउट गुम्ब आगलागी भएको खण्डमा आगो निर्मूल पार्ने
शक्ति आफुमा भएर पनि निर्मूल नपारे अति ठूलो पाप हुनेछ भने त्यो भन्दा पनि ठूलो पाप लसुन खाएमा
लाग्ने छ भनि शाक्यमुनि बुद्धले भन्नु भएको छ । लसुन र सुर्ती जस्ता सबै मदाक पदार्थहरु मारको

Laser 5210N Free counter and web stats