हिमाली शेर्पा

     
himalisherpa logo
sherpa greeting
 

प्रश्नः उपवासशील पालना नगरेमा के हुन्छ ?

उत्तर: पदम संभव गुरुले उपवास (व्रत) शील यो लिन नसक्ने मनुष्य वा प्राणीहरु तीन (नर्क, प्रेत र
तिर्यक) वटा दुःखको स्थान (दुगर्ति) मा जन्मलिने निश्चित छ । व्रतको शील लिएर भंग भई पाप देशाना
नगरेमा अगाडी भने जस्तै अति ठूलो दोष (पाप) (दुःख) हुनेछ । उपवास (व्रत) शील भन्दा पनि सदा शील
पालना गरेमा ठूलो गुण र फाइदा हुनेछ ।
३८. प्रश्नः सदाशील पालना गरेमा के हुन्छ ?
उत्तर : (तेनठिम) सदाशील भनेको श्रामण, श्रामणेर भिक्षु , भिक्षुनीहरुको शीललाई सदाशील भनिन्छ । गुरु
पद्म संभवले यस्तो “शील पालना गर्न सके अर्को जुनीमा देव र मनुष्यमा जस्ता सुखी भएको स्थानमा
जन्म लिने छ । (शील पालना गर्न सक्ने) त्यस्तो मानिसले बुद्धको शासन पनि धारण वा पालना गर्न सक्ने
छ । अरु पनि धर्मको गुण र अब्याख्या ज्ञानहरु प्रँप्त गर्न सक्छ । पाँच कलीयुगको दोषयुक्त प्राणीहरुमा
पनि माथिलो तहको ठूलो ब्यक्तिहरु भित्र–भित्रै झै–झगडाको कारणले पुण्य घटेर जानेछ ।
(त्यस करणले) बाहिरी धातुको रसहरु नास भई धनसम्पति पनि नष्ट हुदै जानेछ । प्राणीहरु कमजोर भई
आन्द्रा–भुडीमा विरामी हुने र किला गाडेको जस्तो दुःख भोक्नु पर्छ” भनि बताउनु भएको छ । त्यसै गरी
“हिनायानको शील सानो ठानी पालना नगर्नेहरु र व्रज यानको समय भंग भई वास्त नगर्ने त्यो चाहि बुद्ध
शासन अन्तिम अवस्थामा पुगेको मानिन्छ । त्यस समयमा मेरो अमुल्य धर्म निधिहरु गुप्ता महायोगीले
गुप्त स्थानबाट निकाल्ने छन्” भनि महायोगी रिग्जीन गोदेमको निधिमा बताएको छन ।
३९. प्रश्नः गोन्पा बनाउनुको महत्व के हो ?
उत्तर :हामी बौद्ध मार्गीहरुको निम्ति गुम्बा भन्ने शब्दको विशेष महत्व छ । लामा भाषाको गोन्पा भन्ने
शब्द बिग्रदैं गएर गुम्बा बन्न गएको हो । गोन्पाको दुईवटा अर्थहरु छन् । पहिलो त कुनै पनि गाउ“देखि
८५० मिटर टाढा सुख र शान्ति भएको ठाउ“लाई गुम्बा भनिन्छ । गुम्बाको दोस्रो अर्थ हो गृहस्थी जीवन
त्यागेर शान्ति प्राप्तिको लागि पूजा पाठ गर्ने ठाउ“ ।
हिजो आज गुम्बा भन्नाले बुद्धको मूर्ति र बौद्धधर्मको पुस्तकहरु राखिएको र सबैले शान्ति र सुखको
लागि प्रार्थना गर्ने मन्दिर जस्तोलाई बुझिन्छ । तर यसलाई खास गरी लामा भाषामा (क) ल्हा खाङ, (ख)
छोग् खाङ र (ग) दु खाङ पनि भनिन्छ । गुम्बाको निर्माणबाट हिमाली भेगका बौद्धमार्गीहरुको संस्कृतिको
जगेर्ना गर्ने काममा ठूलो मद्दत गरेको छ । कुनै पनि गुम्बाको बाहिरी आकार र भित्री सजाईएको देवताहरु
सबै मण्डलको रुपमा बनाउनु पर्दछ । गुम्बाको बाह्य कुराहरु जस्तै भ्mयाल, ढोका, गजुर आदि हजारौं वर्ष
देखि चलि आएको कला र संस्कृति अनुरुप बनाउनु पर्दछ । गुम्बाको भित्ताहरुमा देवता र थाङ्काहरु लेख्दा
पनि मौलिक कला र परम्परामा ध्यान पुयाउनु पर्दछ । गुम्बाभित्र पूजा, पाठको बेला भ्याम्टो र ढ्याङग्रो
जस्ता बाजाहरु बजाउ“दा पनि चलि आएको रीति थिति र बुद्ध धर्मको नियम भित्र बसेर गर्नु पर्दछ । गुम्बा
भित्र बस्ने लामा गुरुहरुले पनि बुद्धले देखाउनु भएको बाटो अनुसार आफुले अध्ययन गर्ने र अरुलाई पनि
पढाउने गरिन्छ । गुम्बा बनाउदा अनेकौं फाईदाहरु छन् । जबसम्म गुम्बा रहिरहन्छ त्यति बेला सम्म
गुम्बा बनाउने र बनाउन सहयोग गर्ने मानिसहरुको धर्म र भाग्य बढ्दै जान्छ । गुम्बामा आएर बत्ति
बाल्ने, धूप बाल्ने र पूजा पाठ आदि गरी भगवान प्रति श्रद्धा प्रकट गर्ने हरेक व्यक्तिको पनि पाप कट्टि भई
भाग्य र धर्म बढ्दै जान्छ ।

Laser 5210N Free counter and web stats