हिमाली शेर्पा

     

sherpa calendar 2140
 
Tulsi Rinpoche
 
Buddhist Mask
कार्यालय छानुहोस्
नेपाल सरकार गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय
सो कार्यालय जानुहोस
www.himalisherpa.com
Save Culture
good
very good
poor
  
pollcode.com free polls
Stop Smoking

हामी सम्पूर्ण बौद्धहरुको महान चाड लोसर (पौष १५) को आफ्नै धार्मिक तथा ऐतिहासिक महत्व र महिम छ । यो भौगोलिक र प्रकृतिक रुपमा नै समय फेरिने लोसारको रुपमा मनाईने मञ्जुश्री ज्यौतिष परम्परा हो । प्रत्येक लोसार पर्वको दिन एक वर्गको समापन तथा अर्को नव वर्गको स्वागत गदै हर्सौउल्लाका साथ मनाउने गरिन्छ । यस वर्ष पनि गरुड वर्गको बिदाई संगसंगै सर्प वर्गको शुरुवात हुनेछ । सर्प वर्गको साल भरि आ–आफ्नो वर्गले ल्याएको शुभ अशुभ फलहरु यस प्रकार छन ।


सर्प
  सर्प वर्गको उदय हुदाँ स्त्री होस वा पुरुष दुबैलाई लोकेग् (खड्गो) ग्रह लाग्नेछ । ठूलो बिरामी हुने, रिस चाँडै उठने, आयु, मान, धन हानी हुने, कुकार्य तर्फ मन जाने, प्रगतिमा बाधा आदि अशुभ आइपर्ने हुन्छ । यस बर्गका व्यक्तिहरुले बिरामीे भेटने, घर–जग्गा किन–बेच आदि कार्यमा सर्तकता अपनाउनु होला ।
     

गाई चरा सर्प

  सर्प वर्गको उदय हुदाँ गाई चरा सर्प वर्गको व्यक्तिलाई थुन्सुम् (उल्का) ग्रह लाग्नेछ । सम्पतिको नाश भई कल झगडा पर्ने, शरीर कम्जोर भई चक्कर लाग्ने, आँखा दुख्ने, ज्वरो आउने आदि अशुभ आइपर्ने हुन्छ । त्यस ब्यक्तिलाई देव देवी, नाग तथा कुलेनले हानी पु¥याउने छ । यो बर्गको व्यक्तिलाई बिदेश जाना राम्रो छैन ।
     

सुंगुर (मृग)

  सर्प वर्गको उदय हुदाँ सुंगुर (मृग) वर्गको व्यक्तिलाई दुन्स्हुर (शनि) ग्रह लाग्छ । पेट दुख्ने, फोक्सो बढ्ने, खटिर आउने, चोट लाग्ने, दोष लाग्ने, शत्रु आई पर्ने सातो जाने आदि हुन्छ । टाडाको यात्रा तथा ब्यापारमा कष्ट देखिने भएको ग्रह शान्ति गर्नु ।
     

बाँघ बाँदर

  सर्प वर्गको उदय हुदाँ बाँघ र बाँदर वर्गको व्यक्तिलाई श्यिशे भन्ने ग्रह लाग्ने छ । नयाँ ठाउ सर्नु, मित्र गाँस्नु, बिदेश जानु, ठूलो कार्यहरु थाल्नु, नयाँ व्यापार शुरुवात गर्नु, घर जग्गा किन्नु आदि बर्जित मानिन्छ । मानमा अशान्ति हुने शरीरमा घाउ खटिरो निस्कने सम्भवना भएकोले ग्रह शन्ति गर्नु
     
लेखकः
Khenpo Thekchok
khenpola@gmail.com
अनुमति विना प्रकाशन गर्न मनाहि छ ।
 Love meter
slc result 2067, slc result 2068, SLC result nepal
miss Sherpa 2011, application form open
 
 



Laser 5210N Free counter and web stats