हिमाली शेर्पा

     

Tulsi Rinpoche
www.himalisherpa.com
identify of sherpa culture
Protection of sherpa culture
Save Culture
good
very good
poor
  
pollcode.com free polls
  शेर्पाको बारेमा
 
यो साईट शेर्पा समुदायको इतिहास, संस्कार, परम्परा संस्कृति भेषभूषा र भाषाको खोजी गरी अभिलेख कायम गर्ने उदेष्यले निर्माण गरिएको हो। विश्वको विभिन्न क्षेत्रमा रहेका शेर्पा जातिका विभिन्न थर तथा समुदायको इतिहासको खोजि तथा अनुसन्धान गरि हाम्रा भावि पिडीको निमीत्त शेर्पाको प्रमाणीत इतिहास तयार गरी राखनु हो ।

शेर्पा जातिको बारेमा एक अध्ययन नामक हिमाली शेर्पा वेब साइट शेर्पाहरुको भाषामा भएका विविधतालाई ध्यानमा राखी तयार गरिएको छ । भौगोलिक वनावट र समयको अन्तारलसँगै भाषामा पनि विविधता हुनु स्वभाविकै हो । शेर्पाहरुको शेर्पा भाषाको उद्गम स्थल भनेको हिमाली क्षेत्र भए पनि देशका विभिन्न ठाउँमा छरिएर रहेका शेर्पा जातिहरुको भाषाको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले यो हिमाली शेर्पा वेब साइट तयार गरिएको छ ।

यसमा समेटिएका शब्दहरु विभिन्न कारणले गर्दा फरक अर्थ वा बुझ्न नसकिन्ने हुन जान्छ भन्ने कुरालाई मध्यनजर राखी सकेसम्म सबैले बुझ्ने शेर्पा भाषाका शब्दहरु संकलन गरि नेपालीमा प्रस्तुत गरिएको छ । शेर्पाहरुका लागि विशेषतय शेर्पा भाषा कै आवश्यकता र एकरुपता नभएको पाईएकोले शेर्पा भाषाको शुद्धता र एकरुपताका लागि हिमाली शेर्पा वेब साइट जन्म भएको हो ।

यस हिमाली शेर्पा वेव साइटमा शेर्पा जातिले दैनिक जीवनमा प्रयोग गर्ने भाषाका अत्यावश्यक शब्दवर्ग र संस्कारको सम्पूर्ण पक्षहरुलाई समेट्ने प्रयास गरिएको छ । तसर्थ सम्पूर्ण शेर्पा जातिहरुले आफ्नो भाषा, संस्कृति, परम्परा, भेषभूषा र संस्कारको बारेमा आवश्यक जानकारी राखनेको लागि यस हिमाली शेर्पा वेब साइट अत्यन्तै उपयोगी हुनेछ भन्ने आशा लिएको छु ।
   
  हामी सबैले आफूनो जातजाति, भाषा धर्म र संस्कृतिको संरक्षण गरौ
   
 Love meter
slc result 2067, slc result 2068, SLC result nepal
miss Sherpa 2011, application form open
 
 



Laser 5210N Free counter and web stats