हिमाली शेर्पा

     

sherpa calendar 2140
 
Tulsi Rinpoche
 
Buddhist Mask
कार्यालय छानुहोस्
नेपाल सरकार गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय
सो कार्यालय जानुहोस
www.himalisherpa.com
Save Culture
good
very good
poor
  
pollcode.com free polls
Stop Smoking
महत्वपूर्ण चार बौद्ध तीर्थ स्थल
भगवान् बुद्धका महापरिनिर्वाण पश्चात् बौद्धमार्गीहरू भगवान् बुद्धका धार्मिक तीर्थ स्थलहरूको दर्शनको निम्ति तीर्थ यात्रा गर्दछन् । तीर्थ स्थलको भ्रमण गर्दा त्यसको महत्व बुझेर गर्नु पर्दछ । तीर्थ स्थलमा पुग्न साथ बुद्ध र बोधिसत्वहरूमा भएको गुण र लीलाहरू सम्झिन्नु पर्छ । भगवान् बुद्धले आफ्नो महापरिनिर्वाण पूर्व आनंदको प्रश्नको उत्तर दिनु हुदै भन्नु भएको थियो.यस संसारमा म नहुद पनि मेरो प्रमुख चार तीर्थ स्थलहरूको दर्शन गर्दा मेरो दर्शन गरेको समान पुण्य प्राप्त हुनेछ । प्रमुख चार तीर्थ स्थलहरू हुन्
१. लुम्बिनी नेपालको तराई भेग भारत र नेपालको सिमान सुनैलीबाट करिब २५ किलो मिटरको दूरीमा पर्दछ । जहाँ शिद्धार्थ गौतमले मायादेवीको कोखबाट जन्म लिनु भएको थियो । हाल उक्त तीर्थ स्थलमा मायादेवीको मन्दिर, अशोक स्तम्भ, विश्व शान्ति द्वीप आदिको साथै नव निर्मित बौद्ध चैत्यहरू तथा कयौं देशका गोन्पा (विहार) हरूको पनि दर्शन गर्न पाइन्छ ।
 
२. बोधगया भारतको विहार प्रदेश गया नगरबाट १२ कि.मि. दक्षिण दिशामा अवस्थित छ । जहाँ भगवान् बुद्धले बुद्धत्व अथात् बोधिज्ञान प्राप्त गर्नु भएको थियो । यस तीर्थ स्थलमा विशेष गरी महाबोधि महाविहार, बोधिवृक्ष, बुद्धका पाद चिह्न, अनिमेषलोचन, मुचलिंद झील, नैरञ्जन नदी, २४.२५ मीटर उचाई र १८.२५ मीटर चौडई रहेको विशाल बुद्धको प्रतिमाका साथै थाइ बौद्ध विहार, बर्मी बौद्ध विहार, जापानी बौद्ध विहार, महाबोधि धर्मशाला, चारै तिब्बती बौद्ध परम्पराका गोन्पा, भुटान, चीन, नेपाल, वियतनाम, कोरिया, बंगलादेश, ताईवान आदि देशका बौद्ध गोन्पाहरू दर्शनीय स्थलको रूपमा रहेका छन् ।
 
३. सारनाथ भारतको उत्तर प्रदेश वाराणसीमा पर्दछ । यस स्थानमा भगवान् बुद्धद्वारा बोधगयामा बुद्धत्व प्राप्त गर्नु भए पश्चात् पहिलो पटक पञ्चवर्गीय भिक्षु (कौण्डिन्य, अश्वजित, बास्प, महानाम र भद्रिका) लाई उपदेश दिनु भएको थियो, जसलाई धर्मचक्र प्रवर्तन भनिन्छ । यस पुण्य स्थलमा विशेष गरि धार्मिक स्तुप, मुलगन्ध कुटी विहार, र अन्य धेरै देशका गोन्पा, विहार, चैत्य आदिको साथै तिब्बती विश्वविद्यालयका पुस्तकालयमा रहेका नरथाङ, पेचिङ, देगे, ल्हास, चोने आदि प्रकाशनका धेरै प्रकारका काग्युर, तेन्ग्युरहरूको पनि दर्शन गर्न पाईन्छ ।
 
४. कुशीनगर भारतको उत्तर प्रदेश गोरखपुर देखि करिब ३० किलो मिटर दूरीमा पर्दछ । जहाँ भगवान् बुद्धद्वारा भि–भिन्न प्रदेशहरूमा उपदेश दिनु हुदै ८० वर्षको उमेरमा यस पवित्र स्थलमा महापरिनिर्वाण प्राप्त गर्नु भएको थियो ।
उक्त चार पवित्र तीर्थ स्थलका अतिरिक्त बुद्धका लीलासँग सम्बन्धित वैशाली, श्रावस्ती, राजगृह आदि महत्वपूर्ण धेरै तीर्थ स्थलहरू पनि रहेका छन् ।
लेखकः
आचार्य सार्की शेर्पा
बेनी–९ सोलुखुम्बु

sersher333@gmail.com

buddha was born in nepal,Buddha is born in Nepal not in India,Gautama Buddha was born in nepal,Buddha's Birth Place,,buddhist places nepal,buddhist places,Buddhist temples,Buddhist pilgrimage,buddhist places Lumbini , Nepal The birth place of Buddha,Buddhist Pilgrimage Places In Nepal,Buddhist pilgrimmage tour in Nepal,Buddhist pligrimage places of nepal,Buddhist Circuit Religious
 Love meter
slc result 2067, slc result 2068, SLC result nepal
miss Sherpa 2011, application form open
 
 



Laser 5210N Free counter and web stats