शेर्पाहरुको नामकारण प्रत्येक बार अनुसार राख्ने प्रचलन छ । तर नामका विचमा जोडिने सह–नाम भने जुनसुकै बार जन्मे पनि ईच्छा र शुरुको नाम सँग मेलखाने गरि राख्ने चलन छ । तर सातबार अनुसार नै शेर्पाहरुको नाम हुने गर्दछ । यसमा ल्हो (बर्ष) र लोर्ता (साल) अनुसार पनि यदाकदा नाम राख्ने गरिन्छ ।