डुप्छेन पूजा यस किल्खोर्दिङ्घ गुम्बाको गुरु लामा लगायत अन्य गुरुज्यूहरुबाट पवित्र डुप्छेन पूजाको आयोजना भइरहेको शुभ अवसरमा किल्खोर्दिङ्घ गुम्बाको श्री राङडोल लामाज्यू लगायत यस डूप्छेन पूजा आयोजकको तर्फबाट यहाँहरुलाई धर्म सम्बन्धि संक्षिप्त जानकारी गर्न गईरहेका छौं सर्बप्रथम सम्पूर्ण बौद्घधर्मबलम्बीहरुले हामीहरु बौद्घ मार्गी हौं भनेर गर्व गरौ ।
बौद्घ मार्गी भएपछि त्यसले जान्नुपर्ने काम र कर्तब्यहरुलाई पनि बुझन अति जरुरी हुन्छ । बौद्घ धर्म बन्नको निम्ति सर्वप्रथम बुद्घ धर्म र संघको बिधि पूर्बक शरणमा गई जगतकै प्राणीहरुको सुख शान्ति र संमृद्घिका निम्ति आफनो शरीरबाट हत्या, चोरी ब्यभिचार । बोलिबाट झुट बोल्ने, चुक्ली लगाउने, कठोर बचन बोल्ने, नचाहिने कुरा बोल्ने । मनबाट लोभ, बदलाको भावना र मिथ्या दृष्टि लगायतका कुकर्मलाई त्यागी आफनो बचन चित्तलाई शुद्घ गरि अरु प्रति दाया, करुणा, अहिंसा र अरुको भलो सोच्ने सदिक्षा राख्नुनै बौद्घ मार्गीहरुमा हुनु पर्ने मूलभूत आवश्यकताहरु हु्न् । त्यसैले माथि उल्लेखित दुष्कर्म र दुर्भाबनाहरुलाई त्यागी शुकर्मलाई अंगालौं ।
हाम्रा पूर्खाहरुले पनि उपरोक्त भावनाबाट ओतप्रोत भई पाटी–पौवा, मठ मन्दिर, बाटो घाटो, पुल र चौतारीहरु निर्माण गर्ने लगाययतका धर्मकर्मद्वारा आफनो पहिचानलाई कायमै राख्दथे । आजको युग एकाइसौ शताब्दीको भएकोले अति व्यस्तताको कारणले गर्दा पूर्णरुपले धर्म अबलम्बन गर्न नसकेपनि आफूले जति सक्दो प्रयास जारी राखी धर्मात्मा गुरुहरुको सेवा र सहयोग गरेमा पनि प्रतिफल बराबर प्राप्त गर्न सकिने भएकोले कहिलेकाहीं थोरै समय भएपनि धर्मकर्म गर्न तिर ध्यान लगाएमा यसले प्रतिफल स्वरुप यस लोकमा पनि ग्रहदश, बिध्न बाधाहरु हटेर जाने ।
आफूले सोचेको कुराहरु पुग्ने, दुःख बिमार हटेर सुखमय जीवन व्यतित गर्नुलाई सहयोग पुग्ने मात्र नभै पर लोकमा अर्थात अर्को जन्ममा पनि सुखशान्ति र समृद्धिशाली जीवन प्राप्त गर्न सक्ने र अन्तत संसारको दुःख पीडा रोग शोकबाट मुक्त भई बुद्धत्व ज्ञान प्राप्त गर्ने अवसर पाउने निश्चित हुनेछ । यस पल्यूल च्यङतेर डुप्छेन पूजा भनेको तान्त्रिक विधि अनुसार आफू लगायत यस जगतकै सम्पूर्ण प्राणीका कार्यसिद्धि प्राप्त गर्नको निम्ति सात दिन अथवा ६ दिनसम्म लगातर गरिने महान पूजा हो जसलाई धर्म साधना भनिन्छ । जुन साधनाद्वारा आफू र अरु सबैले सिद्ध प्राप्त गर्न सकिने छ ।
यस डुप्छेन पूजामा गरिने कार्यहरु यस प्रकार छन् ::
१) सर्वप्रथम मण्डला तयार गरी रिञ्जीन गोदेमको ज्याङ्ते डुप्कोर नामसुम अर्थात त्रीसाधना भन्ने पुस्तकमा आधारित भई पूजा गरिन्छ ।
२) मनिरील्डुप्को सिद्धान्त अनुसार अथलोकीतेश्वरको मन्त्र ओम मा नी पद्यमे हुम् भन्ने नटुटीकन जब सम्म डुप्छेन सकिँदैन तब सम्म २४ घण्टा निरन्तर रुपमा जप्ने गरिन्छ ।
पूजाको दिन गुरु लामाको आज्ञ अनुसार माने तोङ्ग्युर र जब गर्ने भएको हुँदा सम्पूर्ण भक्तजनहरु ठङालिई उपस्थित भई दिन हुन अनुरोध गर्दछौं ।
३) डुप्छेन पूजाको अन्तिम दिन सम्पूर्ण भक्तजनहरुको निम्ति आयुको अभिशेष प्रदान गरि न्छ ।
४) जिन्दाकहरु लगायतका सम्पूर्ण प्राणीहरुको ग्रहदशाहरु हटाउने निम्ति ग्याप्जी गर्ने र
अन्तमा फुर्पाको क्ष्याम (बजू किलिय नृत्य) गर्ने कार्यक्रम आदि यस डुप्छेन पूजामा प्रस्तुत गरिने कार्यक्रमहरु हुन् । तसर्थ हामी सबै मिली जगतकै सम्पूर्ण प्राणीहरुको सुख शान्ति र समृद्धिको निम्ति पूजा आज र धर्म कर्म गरी आफ्नो रितीरीवाजलाई निरन्तरता दिई सुखद् भविष्यको कामना गरौं । 
Download
|