.jpg)
हामीले यसरी शरणगमनको शील लिएको पुण्यफल स्वरुप भविष्यमा चार लोकपालहरुका रुपमा जन्मनु पाइयोस् भनी प्रणिधान गरेका थिए । यसरी प्रणिधान गरेको विपाकको फलस्वरुप शाक्यमुनि बुद्धको शासनकालमा यी चारजना चार लोकपालका रुपमा जन्मे ।
यसरी यी चार शक्तिशाली लोकपालहरुले आ–आफ्नो दिशाबाट चतुर्थ विनायक भगवान बुद्धको शासनलाई पूर्वमा गन्धर्भ गणका साथ धृतराष्ट्र (युलखोर सुङ) ले सुरक्षा प्रदान गर्ने, पश्चिममा नाग गणका साथ विरुपाक्ष (च्येनमीसाङ) ले सुरक्षा प्रदान गर्ने, उत्तरमा यक्ष गणका साथ वैश्रवण (नाम्थ्योसे) ले सुरक्षा प्रदान गर्ने र दक्षिणतर्फ कुम्भाण्ड गणका साथ विरुढक (फाग्केपो) ले सुरक्षा प्रदान गर्नु भन्ने भगवान शाक्यमुनि बुद्धको आज्ञा अनुसार यी चार लोकपालहरु नै हाल चार महाराजा कायिक (ग्याल्क्षेन श्यी) का रुपमा प्रसिद्ध रहेका छन् ।
यी चार महाराजा कायिक प्रत्येक गोन्पाहरुका द्वारको दायाँ–बाँया बाहिरी पट्टी चित्र लेखिने परम्परा धेरै पहिलेदेखि चलि नै आएको बुझिन्छ । यसको शुरुवात भोट देश हुँदै नेपाल, चीन, भारत, मंगोलियासम्म व्यापक रुपमा फैलिएर गएको देखिन्छ ।
बौद्धशास्त्र अनुसार चार महाराजा कायिकका आयुअवधि मानवको भन्दा अधिक गुणा बढी हुन्छ । वास्तवमा यिनीहरु देवता हुन कि राजा मात्र हुन् भनी धेरैका मनमा शंका उपशंकाहरु |