हिमाली शेर्पा

     

 
 
 
विरुपाक्ष

पैदा हुन स्वभाविको । तसर्थ हामीले के बुझ्नु जरुरी छ भन्दा यी चार महाराजा कायिकहरु नै भदन्त भगवान गौतम बुद्धका शासन अर्थात धर्मलाई सदा सर्वदा रक्षा गर्दै बुद्धधर्म कुनै प्रकार आँचा आउन नदिन यिनीहरु सदैव प्रयत्नशील रहन्छन् भन्ने कुरा बुझ्नु पर्दछ ।

यसरी पूर्व दिशाको रक्षार्थ रहेका राजा धृतराष्ट्रलाई सिधै वाह्य आवाज सुन्न नहुने भएकोले उहाँ आफूले समाती रहनुभएको टुङ्नाद्वारा वाह्य आवाज यसै संगीतका धूनबाट थाहा पाउने हुन्छ ।

दक्षिणतर्फको लोकपाल राजा विरुढकलाई छुदा वीष लाग्ने हुँदा आफूलाई अरुले नछुउन भन्नाको खातिर हातमा तलवार बोकीराख्नु भएको पश्चिम तर्फको लोकपाल राजा विरुपाक्ष जसको हातमा सर्प र स्तूप बोकी रहनु भएको लोकपाल राजा विरुपाक्षको नजर ज्यादै विषालु भएको कारण जे चिजलाई हेर्दा पनि हातमा रहेको स्तूपलाई एकनासले हेरी रहे सबै वस्तु त्यसै स्तूप मार्फत देखिन्छ भनी सूत्रमा लेखिएको छ ।

यसरी नै अन्तमा उत्तरतर्फ बुद्धशासनको रक्षार्थ रहनुभएको धनको राजा वैश्रवण जसको हातमा न्याउरी मुसा तथा विजय ध्वजा धारण गरी रहनु भएको लोकपाल राजा वैश्रवणको स्वास विषालु भएकोले आफ्नो स्वासद्वारा अरुलाई हानी पुग्ला भनी चुपचाप मुख बन्द गरी बस्नु भएको हो भनी सूत्रमा उल्लेख भएको पाईन्छ । भनिन्छ–वैश्रवणको हातमा धारण गरी रहनुभएको विजय ध्वजा एकपल्ट

Back to Main Page
लेखकः
टीका शेर्पा (थुप्तेन काल्साङ)



Laser 5210N Free counter and web stats