हिमाली शेर्पा

     

 
 
 
विरुपाक्ष

हल्लाउँदा तीन त्रिलोकका सबै सुख सम्पत्ति तथा ऐश्वर्यलाई आफ्नो घरमा भित्र्याउन सकिन्छ भन्ने जन विश्वास रहेको पाईन्छ ।

यसलाई उत्तर दिशामा रहने धनको मालिक कुवेर राजाको रुपमा समेत पूजिने गरेको पाईन्छ । त्यसकारण लोकपाल महाराजा वैश्रवणलाई उत्तरतर्फ बुद्धशासनको रक्षा गर्ने मात्र हैन धनको देवताको रुपमा पनि लिईन्छ । पूर्व दिशामा गन्धर्व गणका साथ धृतराष्ट्रको वर्ण सेतो हुन्छ ।

पश्चिममा नाग गणका साथ सुरक्षा प्रदान गर्ने महाराजा विरुपाक्षको वर्ण रातो हुन्छ । उत्तरमा यक्ष गणका साथ बुद्ध शासनको सुरक्षा प्रदान गरी रहनु भएको महाराजा वैश्रवणको वर्ण पहेंलो हुन्छ ।

त्यसैगरी दक्षिणतर्फ कुम्माण्ड गणका साथ सुरक्षा प्रदान गरी रहेका महाराजा विरुढकको वर्ण गाढा निलो हुन्छ । यसरी हिमाली भेगका सबै गुम्बाहरुको द्वारमा यी चार महाराजाहरुको चित्र अनिवार्य रुपमा लेखिने परम्परा रही आएको छ ।
भवतु सर्वमड्डलम्

Back to Main Page
लेखकः
टीका शेर्पा (थुप्तेन काल्साङ)



Laser 5210N Free counter and web stats