हिमाली शेर्पा

     
himalisherpa logo
sherpa greeting
 

“गुरु पद्म्मसंभवका उपदेशहरु”

सर्वप्रथम आचरणबाट माथि उक्लनेबारेको उपदेश

विभिन्न प्रकारको छटामा गुरु पद्माकर विभिन रुपहरुमा उत्पन्न हुनुभयो । रीतिभन्दा टाढाको काइदामा उहाँले श्रावकको अनुशासन देखि लिएर विद्याधरको तान्त्रिक समउसम्मका सम्पूर्ण विधिहरुलाई अनुसरण गर्नु भयो । उँहाले नौवटा ञmमिक यानहरुबारे मौखिक उपदेश दिनुभयो र त्यसप्रकारले आचरणबाट माथि उक्लँदा दृष्टिबाट तल ओर्लने आचरण र दृष्टिको एकबद्धतालाई देखाउनु भयो । उहाँले चित्तले पूर्णरुपले सर्वब्यापकताको सिद्धि प्राप्त गरेका् हुँदा सम्पूर्ण प्राणीहरुलाई उहाँले आफू भन्दा माथि राखेर बोधिचित्तद्घारा स्याहार सुसार गर्नुभयो ।

स्वयं निर्माणकाय, सम्यक् सम्बोधि प्राप्त हुनु भएकाले कसरी आचरण गर्ने भन्नेबारे गुरुले भन्नुभएका सम्पूर्ण उपदेशहरुलाई डाकिनी येसे छोग्यालले लेख्नुभएको हो ।
महा गुरुले भन्नुभयोः तिमीले वाह्य वा गुह्य जुनसुकै यानको उपदेश अभ्यास गरे पनि तिमि पहिला त्रिरत्न शरणमा जानु पर्छ । उपदेशहरुको मर्यादा नै तिम्रो तालिमको जग भएकाले तिनीहरुलाई पालना गर्दै तिमी कुनै निश्चित दिशातर्फ जाँदाखेरि त्यस दिशाका बुद्ध तथा बोधित्वहरुको शरणमा जानु ।

त्रिरत्नमा सँधै दृढ विश्वास राखू । त्यसो गर्नाले तिमीले अहिले नै कार्मिक सम्बन्ध कायम गर्ने छौ र भविष्यमा तिमी बुद्धहरुको चेला हुनेछौ । त्यसकारणले त्रिरत्नलाई पूजा गर्नु अति आवश्यक छ ।
गुरु पद्मले भन्नुभयोः दश कुशल कर्मको धर्म अभ्यास गर्नू र आफूले गर्ने कार्यहरुको “कालो र सेतो” असरहरुको सम्बन्धमा के कुरालाई त्याग्नु पर्ने र के कुरा गर्न थाल्नु पर्ने भन्ने बारेमा आत्मविश्वास लिनू । त्यसो गर्नाले तिम्रा कार्यहरु धेरै बलशाली हुन्छन् ।

सत्यको शक्ति महान् भएकाले सबै अकुशल र कुकर्महरुलाई त्याग्नू । तिम्रा बाधा उत्पन्न गर्ने क्लेशहरुको विरुद्धमा कार्य गर्ने उपायहरुलाई लागू गर्नू र पुण्य कार्य गर्नमा ठूलो जाँगर लगाउनू ।
पुण्य संचय नगरेको मानिसले उदार अवस्था उत्पन्न गर्न सक्दैन । पुण्य संग्रह गरेकाहरुको चित्त संरचना उदार अवस्थाको हुन्छ । तिमीमा उदार अवस्था उत्पन्न भएपछि तिमीले पुण्य कमाउनमा जाँगर लगाउनेछौ र कुकार्यहरुबाट टाढा रहनेछौ । त्यसकारणले विभिन्न उपायहरुले पुण्य कमाउनका लागि तिम्रो काय, वाक र चित्तद्वारा परिश्रम उत्पन्न गर्नु अति आवश्यक छ ।

गुरु पद्मले भन्नुभयोः कुनैपनि धर्म अभ्यास गर्नुभन्दा पहिले उत्तम सम्यक् सम्बोधि प्राप्त गर्नतर्फ उन्मुख चित्त (वोधिचित्त) उत्पन्न गर्नु ज्यादै महत्वपूर्ण छ । बाधिचित्त उत्पन्न गरेको मानिसले सम्पूर्ण प्राणीहरुलाई सेवा गर्नका लागि अनुराग र पूर्वाग्रहबाट मुक्त भएर सम्पूर्ण प्राणीहरु आफ्नो माता हुन् भन्ने समता भावनाको विकास गर्छ ।

सम्पूर्ण प्राणीहरुमध्ये तिम्रो आफ्नै माता वा पिता नभएका एउटा मात्त पनि प्राणी छैनन् । त्यसैले सम्पूर्ण प्राणीहरुले आफूलाई गरेको दयालाई फेरि उनीहरुलाई फर्काउने उपायका लागि तिनीहरुको भलाइ गर्नको लागि उन्मुख होऊ ।
सम्पूर्ण प्राणीहरुप्रति करुणा र मायाको विकास गर्नू । आफू स्वयंलाई बोधिचित्तमा निरन्तररुपले तालिम दिनू । आफ्नो सम्पूर्ण कार्यहरुद्वारा प्राणीहरुको भलाइ गर्नका लागि आफूलाई तालिम दिनू । आफूलाई भन्दा अरुलाई महत्वपूर्ण ठानेर उनीहरुलाई हेरविचार गर्नमा आफूलाई तालिम दिनू ।

छोटकरीमा भन्नु पर्दा सबैभन्दा अति आवश्यक बुँदा यो हो कि बोधिचित्त उत्पन्न गर्ने दृढ निश्चयले सम्पूर्ण वाहृय र गोप्य अभ्यासहरु र उत्पन्न क्रम र सम्पन्न क्रमको अवस्थाहरुलाई उछिन्नु पर्छ ।
सम्पूर्ण धर्म अभ्यासहरुको मूल नै बोधिचित्त उत्पन्न गर्नु हो । गुरु पद्मले भन्नुभयोः यदि तिमीले सर्वज्ञ बुद्धत्व प्राप्त गर्ने अभिलाष राख्छौ भने यो कुरा बुझ्नमा आफूलाई तालिम दिनू कि अहमताप्रति लिप्सिनु र घटना(धर्म) हरु प्रतिको ग्राह आदि सम्पूर्ण कुराहरुको कुनै आफ्नै प्रकृति छैन ।

तिमी जुनसुकै पुण्यकार्यमा संलग्न रहेको भए तापनि सम्पूर्ण धर्महरु सपना र जादू झै हुन भन्ने कुरालाई बुझ्नू ।
मेरा मौखिक उपदेशहरु अनुसारले षड्मारमिता वा महान करुणामा नलेप्सिकन आफू स्वयंलाई सम्पूर्ण घटनाहरुको शून्यतामा तालिम दिनू ।
शून्यतामा ध्यान गरेको बलले तिमीले षडपारमिता र उत्पन्न गरिएको महान् करुणाहरु समेत जादुइ भ्रम झैं हुन भन्ने कुरालाई साक्षात्कार गर्नुपर्छ ।
तिमीले शून्यतामा ध्यान गरे त्यो पुण्यको अभ्यासको सहायक हुन्छ र बाधा उत्पन्न गराउने क्लेशहरुलाई निर्मूल पार्ने उपाय हुन्छ भन्नेबारे निश्चित गर्नू ।
तिमी जुनसुकै पुण्यकार्यको मूलमा संलग्न भएपनि त्यसलाई बोधिचित्तले ईन्धन दिनू र षड्पारमिता बाट कहिल्यै पनि अलग नहुनू ।
त्यसपछि तिमीले जे गरेपनि सँधै पुण्यलाई बढाउने र कुकार्यलाई घटाउने आशय राखू ।

तिमी जुनसुकै शारीरिक कार्यमा संलग्न भए पनि तिनीहरुलाई पुण्यशील बनाउनू । तिमीले जुनसुकै वाक्य उच्चारण गर्दा पनि तिनीहरुलाई पुण्यशील बनाउनू । मनमा जुनसुकै विचार लिए पनि तिनीहरुलाई तिमीले पुण्यशील बनाउनू ।
छोटकरीमा भन्नु पर्दाखेरी तिमीले केहिमा पनि होइन तर काय, वाक र चित्तको गुणकारी र पुण्यको कार्य गर्ने प्रयत्न गर्नू । सानो भन्दा सानो अकुशल कार्य वा कुकार्यबाट टाढा नै रहनू ।
यदि तिमीले स्मृति र सम्प्रजन्य (होश)को कवचको सुरक्षालाई राखेनौ भने क्लेशको हतियारले उच्च लोक र मोक्ष प्राप्त गर्ने धमनीलाई काट्ने छ । त्यसकारणले चार प्रकारका दैनिक क्रियाकलापको समयमा आफू स्वयंलाई स्मृति र होशको कवचले रक्षा गर्नु अति आवश्यक छ ।

गुरु पद्मले भन्नुभयोः सर्वप्रथम आफ्नो कार्यको कार्य कारणमा विश्वस्त हुनू ।
यो कुरालाई मनमा राखू कि निश्चित रुपले तिम्रो चाँडै मृत्यु हुनेछ । यो जीवन केहि समयको लागि मात्र रहनेछ त्यसैले यस जीवनका कुराहरुका लागि प्रयत्न नगर्नू ।
भविष्य लामो समयसम्म रहने छ भन्ने कुरालाई मनमा राखु र भविष्यको लाभको लागी प्रयत्न गर्नू ।
भविष्यका जीवनहरुको फाइदाको लागि तिमी अधो गतितर्फ उन्मुख हुनका लागि चिप्लनु हुने छैन् भनेर अहिले तयार होऊ र निश्चित होऊ ।>>>>बाकी थप जानकारी

 
Laser 5210N Free counter and web stats