हिमाली शेर्पा

     
himalisherpa logo
sherpa greeting
 

केहि कुराको लागि पनि घमण्डी नहुनू । यदि तिमीले आफू विद्धान, महान् र भद्र भएको सोचेर त्यसमा घमण्ड गर्छौ भने तिमीले कुनै पनि असल गुणहरु प्राप्त गर्ने छैनौ । त्यसैले घमण्डलाई त्याग गर्नू र एक पलका लागि पनि नडगमगाइकन आफूलाई धर्म अभ्यासमा तालिम दिनू ।

कुकार्यहरु विरुद्ध उपचारलाई लागू गर्नू । सानो भन्दा सानो क्लेश वा अकुशल कार्य तिमीमा उत्पन्न भएमा त्यसलाई मेरु पर्वत जत्रै सहनै नसक्ने कष्टको रुपमा लिनू ।
शंकाले घेरिएर गरिएको कार्यले केहिपनि उपलब्धी हुँदैन त्यसैले सानो भन्दा सानो शंका पनि मनमा नलिनू ।
तिमीले अहमलाई त्याग नगरेसम्म जतिसुकै सानो कुकार्य भएपनि त्यसले अवश्य नै परिणाम त्याउँछ । त्यसैले कुकार्यलाई त्याग्नु अति आवश्यक छ ।

गुरु पद्मले भन्नुभयोः महाया वा हीनयानको संकल्प लिइ सकेपछि तिनीहरुलाई आफ्नो जीवनको मूल्यमा पनि नछाडनु । यदि तिमीले तिनीहरुलाई हानि पुरयाएमा तिनीहरुलाई तुरुन्तै स्वीकार गरेर पुन संकल्प गर्नु ज्यादै महत्वपूर्ण छ ।
आफ्नो संकल्प भङ्ग हुँदा केही मानिसहरु निराश हुन्छन् र त्यसलाई अझ बढी भङ्ग गर्ने काम बाहेक केही पनि गर्दैनन् । तर हिलोमा लडेपछि हामीले आफ्नो शरीर नुहाइ धुवाइ गरेर त्यसमा अत्तर छर्किए जस्तै आफ्नो अशुद्धीहरु, अधोगतिका कार्यहरु र उल्लंघनहरुलाई शुद्धीकरण गर्नू ता कि तोडिएका संकल्पहरु कहिल्र्य पनि संचय नहोस् ।

आफ्नो अनुशासन वा समयबाट एक पलका लागि भए पनि पतन भएको मानिससँग कहिल्यै नबस्नू वा उ सँग कहिल्यै पनि मित्रता नगर्नू । यदि तिमी सेतो लुगा लगाएर तेल भएको स्थानमा गयौ भने लुगामा काले धब्बा अवश्य नै लाग्छ । त्यस्तै गरेर तिम्रो आफ्नो समयहरु शुद्ध भए पनि अरुको तोडिएको समयद्धारा तिमी अवश्य पनि अशुद्ध तुल्याइने छौ । यदि तिम्रो आफ्नै समय शुद्ध भएन भने त्यो कालो रङमा कालो धब्बा नलागे जस्तै हो । त्यसैले ज्यादै सावधान हुनू ।
त्यसकारणले खराब मानिसहरुसँग संलग्न नहुन वा आफ्नो संकल्प तोडेकाहरुको खराब संगतमा नपर्न अति आवश्यक छ ।

आफु आफैसँग कुनै हालतमा पनि लज्जित हुनु नपर्ने कुराबारे सजग हुनुपर्छ ।
गुरु पद्मले भन्नुभयोः तिमी जुनसुकै कार्यमा संलग्न रहेपनि कुनै पनि पुण्य र ज्ञान संग्रह नहुने अधार्मिक कुरामा संलग्न नहुनू ।
सर्वज्ञ बुद्धत्व प्राप्त गर्ने र प्राणीहरुलाई फाइदा पुरयाउने बाहेक कुनै कुराको पनि अभिलाषा नराखू ।
कुनै पनि कुराको तृष्णा नराखू । तृष्णा नै बन्धनको मूल हो ।

अन्य उपदेशहरुलाई आलोचना नगर्नु र मानिसहरुलाई नहोच्याउनू । सम्पूर्ण उपदेशहरु अन्त्यमा गएर नुनको स्वाद जस्तै छुटयाउन नसकिने छन् ।
महायान र हीनयान कुनैलाई पनि आलोचना नगर्नु । तिनीहरु यात्रा गरिने पथमा भज्याङका खुडकिलाहरु जस्तै गरेर उस्तै छन् ।
तिमी आफू अन्तर्यामी नभएसम्म अर्को मानिसबारे थाहा पाउन सक्नेछैनौ । त्यसैले अरुको आलोचन नगर्नू । सामान्यतया सम्पुर्ण प्राणीहरु आफ्नो प्रकृतिले नै स्वत नै त्रुटिविहीनरुपले बुद्ध प्रकृतिका छन् । तिनीहरुमा सम्यक् सम्बोधिको सारतत्व छ । अरु मानिसहरुको गल्त र मतिभ्रमहरुलाई जाँच नगर्नू ।

अरुको सीमाहरुलाई जाँच नगर्नू । तिमीले आफ्नै सीमाहरुलाई कसरी परिवर्तन गर्न सकिन्छ भनेर जाँच्नू ।
अरुको कमी कमजोरीहरुलाई नजाँच्नू तर तिम्रो आफ्नै कमी कमजोरीहरुलाई जाँच्नू ।
अरु मानिसहरुलाई तिनीहरुको मनबारे मनबारे थाहा नपाईकन आलोचना गर्नु र धार्मिक पूर्वाग्रह राख्नु नै सबैभन्दा ठूलो खराबी हो । पूर्वाग्रहलाई विषलाई झैं गरेर त्याग्नू ।
गुरु पद्मले भन्नुभयोः तिमीले विगतमा त्यतिका धेरै पटक गरेर पुनर्जन्महरु लिईसकेको भए पनि तिमीले धर्ममा तालिम लिने कुनै अवसर भने प्राप्त गरेकी थिएनौ तर सांसारीक अस्तित्वको गहिरो खाडलमा झनै जाकिदै गयौ । अब तिमीले धर्मलाई भेट्टाएको यो छोटो समयमा महायान उपदेशको तालिममा जाँगर लगाउनू ।

पुण्यलाई वृद्धि गर्नेहरुसँग रहनू । कुकृत्यलाई बढाउने मित्रहरुको संगतलाई त्याग्नू ।
एउता कुकुर वा भोको प्रेतले जस्तै अथक भएर बस्तुहरुको तिर्सना नगर्नू तर त्यसको उपायहरु लागू गरेर खुकुलो भएर आराम गर्नू । यदि तिमीले बस्तुहरुको तिर्सना गर्दै आरामविहीन भएर समय काटयौ भने तिमीले कुकार्यहरु गरेर आफ्नै मनलाई र त्यसद्धारा अरुको मनलाई समेत खलबल्याउनेछौ । यसप्रकार तिमीले अकुशल कार्य संचय गर्नेछौ ।

यदि तिमीले कष्टको सानो अंशको दुःखबारे पनि सोच्यौ भने त्यो अझ कष्टदायाी हुनेछ । तिमीले आफ्नो मनलाई खुला पारेर आराम गर्न नदिएसम्म खुशी प्राप्त गर्न सक्नेछैनौ ।
पहिले पाएका दुःख कष्टहरुको पछि नलाग्नु । असल वा खराव सबैकुराहरु विगत हुन र तिनीहरु गैसकेका छन् । दुःख कष्टहरुको अझ अपेक्षा नगर्नू ।

तिमीमाथि जे सुकै दुःख कष्ट आइलागृ पनि त्यसबाट हार नमान्नु तर पटक पटक गरेर साहस बटुल्नु ।
यदि तिमीले आफ्नो मनमा उपायहरु लागू गरेनौ भने दुःख कष्टहरु कहिल्यै पनि कुनै हालतमा पनि रोकिने छैनन् ।
मनलाई हेरफेर नगरिकन वा खराब नपारिकन त्यसलाई यसको प्राकृतिक अवस्थामा आराम गर्न दिनु र त्यसलाई जे पुण्य हो त्यस तर्फ कोमलतासाथ मोडनू ।

गुरु पद्मले भन्नुभयोः तिमीले धर्म अभ्यासमा निरन्तररुपले प्रयत्न गर्दाखेरि काय, वाक र चित्तद्धारा गरिने कुनैपनि पुण्य कार्यको मूललाई सँधै अरुको भलाई होस् भनेर त्यस तर्फ मोडन अति आवश्यक छ ।
सर्वप्रथम सानो कार्यबाट आफूलाई विस्तारै विस्तारै तालिम दिनू । तिमीले आफूमा आत्म स्नेहको अशुद्धताको धब्बा लागेको वा नलागेकोबारे समय समयमा आफूलाई जाँच गरेर हेर्नू । स्वार्थीपनको सानो भन्दा सानो धब्बा तिमीमा भएसम्म तिमी सफल हुने छैनै । आत्म स्नेहको अशुद्धताको धब्बा आफूमा नलागोस भन्ने कुरामा विश्वस्त हुनू ।

हीनया र महायानको भिन्नता बोधिचित्त उत्पाद हो । त्यो भिन्नता दृष्टिकोणले होइन तर करुणाले उत्पन्न गरेको हो । त्यसकारणले प्राकृतिक अवस्थाको दृष्टिकोण राखेर आफूलाई महान करुणामा तालिम दिनू ।
आफू स्वयं भावनामा आफूलाई पटक पटक दोहोरयाएर तालिम दिनू ।
आफूलाई अरुको दुःखको बोझलाई आफ्नै काँधमा लिने तालिम दिनू ।>>>>बाकी थप जानकारी

 
Laser 5210N Free counter and web stats