हिमाली शेर्पा

     
himalisherpa logo
sherpa greeting
 

सर्वप्रथम सम्पूर्ण प्राणीहरु तिमी आफू जस्तै प्राणी हुन भनि ठान्ने तालिम आफूलाई दिनू । अरुको दुःख कष्ट तिम्रो आफ्नै दुःख कष्ट हो भन्ने अनुभव गर्नमा आफूलाई तालिम दिनू । त्यसपछि प्राणीहरु आफूभन्दा महत्वपूर्ण हुन भनेर तिनीहरुलाई हेरचाह गर्ने तालिम आफूलाई दिनू ।

अरुको निस्वार्थ सेवा गर्ने महान् करुणामा आफूलाई तालिम दिनू ।
महायान शब्दको सरल अर्थ अरुलाई आफूभन्दा महत्वपूर्ण हुन भनेर तिनीहरुको हेरचाह गर्नु हो । महायानको अर्थ आफूलाई मात्र बढी महत्वपूर्ण मानेर अरुको दुःख कष्टबारे सोचबिचार नै नगरी केवल आफ्नो लागि मात्र खुशीको खोजी गर्नु हो भन्ने कदापि लाग्दैन ।

गुरु पद्मले भन्नुभयोः यदि तिमीले आफ्नो मनलाई मैत्री, करुणा र बोधिचित्तमा तालिम दियौ भने तिमीले तिनवटा तल्लो लोकहरुमा जन्म लिनेछैनौ । अझ भन्नुपर्दा, त्यस क्षणदेखिनै तिम्रो कहिले पनि पछौटे हुनेछैनौ । मेरो मौखिक उपदेश यहि नै हो । तिमी जँहा गएपनि बोधिचित्तलाई यसको सामिप्यबाट कहिल्यै पनि टाढा नभएर राखू ।

तिमी जूनसुकै कार्यमा संलग्न भएपनि त्यो कार्य प्राणीहरुको भलाईको लागी गर्नमा आफूलाई तालिम दिनू । आफूलाई भन्दा अरुलाई महत्वपूर्ण मान्नमा आफूलाई तालिम दिनू । यस तालिमको परिणामस्वरुप तिमीले नाश नहुने समय र संकल्प हुने जस्ता असंख्य गुणहरु प्राप्त गर्नेछौ ।

मन्त्रको गुरु भएर तिमी ज्यादै शक्तिशाली भए पनि बोधिचित्त विकास नगरेसम्म तिमीले सम्यक् सम्बोधि प्राप्त गर्न सक्नेछैनौ ।
उत्तम तथा सामान्य सम्पुर्ण सिद्धिहरु तिमीमा बोधिचित्त उत्पन्न भएपछि आउँछन् । यो नै मेरो मौखिक उपदेश हो । गुरु पद्मले भन्नुभयोः तिमीले शून्यता वा अरु कुनै कुरामाथि ध्यान गर्दाखेरि क्लेश र सामान्यपनहरु विरुद्ध त्यो प्रभावकारी प्रतिकार नभएसम्म त्यो गलत ध्यान अभ्यास हुनेछ । क्लेश र सामान्यपनहरु विरुद्ध प्रतिकार नगर्ने कुनै कुरा सांसारिक अस्तित्वमा पतन हुने कारण बन्छ ।

तिमीले अध्ययन, चिन्तन वा ब्याख्या गर्ने कुनै कुरा तिम्रा क्लेशहरु विरुद्धको प्रभावकारी प्रतिकार हुनुको साथै त्यो शुद्ध धर्मलाई तिमी भित्र जन्म हुन दिनका लागि सहायक हुन्छ भने त्यसलाई महायान उपदेश भनिन्छ र त्यो निश्चित हुन्छ ।
अध्ययन, ब्याख्या र ध्यानमा तिमी जतिसुकै प्रसिद्ध तथा जतिसुकै विद्धान भए तापनि यदि तिम्रो उद्देश्य आठवटा लौकिक धर्म मात्र हो भने तिम्रो क्रियाकलापलाई कालो धर्म अभ्यास भनिन्छ ।
कुनै पनि हालतमा रुप र अस्तित्वलाई मायावत् अस्तित्वका रुपमा ध्यान गर्नु अति आवश्यक छ ता कि तिम्रो तृष्णा र लालसा अझ बलिष्ठ हुन नपाओस् ।

“एक महान् यागी” हुनुको सरल अर्थ लोभ र लालसाबाट मुक्त हुनु हो ।
गुरु पद्मले भन्नुभयोः सम्पूर्ण प्राणीहरुको कल्याण र खुशी बुद्धको उपदेशहरुको परिणामबाट उत्पन्न हुन्छ । त्यसैले तन्त्र, शास्त्र र सुत्रहरु अध्ययन गर्नू र गुरुहरुको प्रवचनहरु सुन्नू ।

कार्य र त्यसको परिणाम स्वरुप उत्पन्न हुने खुशी र दुःखहरु बीज झै हुर्कन्छन् । त्यसैले पुण्य र कुकर्महरु विच विभेद गर्नू ।
यदि तिमीले आफ्नो संकल्प पालन गरेनौ भने धर्म अभ्यासको जरा कुहिन्छ । आफ्नो संकल्प र समयलाई आफ्नो आँखालाई जस्तै गरेर तिमीले सावधानीका साथ सुरक्षा गर्नू ।
धर्म अभ्यास गर्दा यदि त्यसमा तिम्रो विश्वास छैन भने जुनसुकै अवस्थामा पनि तिम्रो परिश्रम खेर जानेछ र तिमीले गर्ने जुनसुकै कुरा पनि निरर्थक हुनेछ । तिमीले जुनसुकै कायृ गर्दा पनि शंका र अविश्वासबाट मुक्त हुन अति आवश्यक छ ।

केहि मानिसहरुलले आफूलाई तान्त्रिक अभ्यासकर्ता भन्छन र कच्चा आचरणमा संलग्न हुन्छन् तर त्यो तान्त्रिकको कार्य होईन ।
महायानको अर्थ सम्पूर्ण प्राणीहरुलाई निष्पक्ष करुणाद्धारा स्याहार सुसार गर्नु हो ।
आफूलाई तान्त्रिक अभ्यासकर्ता भएको दाबी गर्नु अनि त्यसपछि जे पुण्य हो त्यसलाई अँगाल्नुलाई अस्वीकार गर्नु र ककर्मलाई नत्याग्नु वा त्यसलाई टाढा नराख्नु यथेष्ट हुँदैन । सबै तान्त्रिक अभ्यासकर्ताहरुले आफू भित्र महान् करुणा विकास गर्नु अति आवश्यक छ ।

आफू गोप्य मन्त्रको अभ्यासकर्ता भएको दावी गरे तापनि यदि तिमीले आफूभित्र करुणा उत्पन्न गरेको छैनौ भने तिमी मिथ्या दृष्टि भएका एउटा अबौद्धमा परिणत हुनेछौ ।
गुरु पद्मले भन्नुभयोः गोप्य मन्त्र महायान हो । महायानको अर्थ अरुलाई फाइदा पुरयाउनु हो ।
अरुलाई फाइदा पुरयाउनका लागि तिमीले फल प्राप्तीको त्रिकाय प्राप्त गर्नु पर्र्छ । त्रिकाय प्राप्त गर्नको लागि तिमीले दुइवटा संग्रह जम्मा गर्नु पर्छ । दुइवटा संग्रह जम्मा गर्नका लागि तिमीले बोधिचित्तमा तालिम गर्नै पर्छ । तिमीले उत्पन्नक्रम र सम्पन्नक्रमलाई एकताको रुपमा अभ्यास गर्नै पर्छ ।

बोधिचित्त नभएका कुनै पनि तान्त्रिक कुनै पनि अवस्थामा महायानका लाथि सुहाउँदो हुदैंन र उसले महायान अभ्यास गर्दैन ।
गुरु पद्मले भन्नुभयोः गोप्य मन्त्रयान र दार्शनिक यानलाई अलग भन्ने गरिन्छ तर अन्त्यमा गएर तिनीहरु एकै हुन । यदि तिमीमा दृष्टि वा आचरणको कमी छ भने तिमी एउटा श्रावक हुनका लागि भौतारिनेछौ । त्यसैले आचरणबाट माथि उक्लँदाखेरि दृष्टिका साथ तल ओर्लनू । यी दुइलाई एकरुपम अभ्यास गर्नु अति आवश्यक छ । मेरो मौखिक उपदेश यहि नै हो

 
Laser 5210N Free counter and web stats