| |
शेर्पाको ईतिहासको बारेमा
परपूर्वकालदेखि नेपालको विभिन्न भू–भागमा वसोवास गर्ने शेर्पा जातिहरु राज्यको विभिन्न निकायबाट पछि पारिदै आएको छ । विश्वको इतिहासलाई नियाल्दा परपूर्वकालदेखि नै नेपालको विभिन्न भू भागमा वसोवास गर्दै आएको तथ्यहरु प्रमाणित रहेका पाईन्छ । विशेष गरि हिमाली क्षेत्रलाई आफ्नो बसोवास थलोको रुपमा मनपराई हिमाली भू–भागमा बसोवास गरेका शेर्पा जातिहरुको विशेषता चिन र तिव्वत सँग जोडिएको भूभागमा वसोवास गरेकोहुदाँ शेर्पा जातिलाई अन्य उपल्लो जातिका मानिसहरुले तिव्वततियन वा भोटबासी (भोटे) वनेर भन्ने प्रचलन छ ।
सगरमाथामा पहिलो पटक पाईला टेक्ने तेन्जिङ नोर्गे शेर्पाले सगरमाथमा पहिलो पटक पाईला टेकेपछि मात्र नेपालका शेर्पाहरुलाई शेर्पा भनेर भन्न थालेको भन्ने भेटिन्छ तर यर्थाथ र ईतिहासमा के प्रमाणित छ भने नेपालमा प्राचिन काल देखि नै आफ्नो आदिपत्यता जमाउदै आएका शेर्पाहरुलाई तत्कालिन शासकहरुले तिव्वतियन शरनार्थीको उपमा राखी नेपालबाट नै विस्थापित गर्न खोज्नु र राज्य संचालनको महत्वपूर्ण स्थानसम्म पुग्न नदिनु नै हो ।
मानव जातिको विकास सँगै नेपालमा नै बसोवास गर्दै आएका शेर्पा जातिहरु तत्कालिन राजा मानदेव, लिक्षिवी राजा देखि तत्कालिन बाईसे र चौविसे राज्यका बेला पनि राज्य संचालन तथा राज्य सञ्चालकको पहरेदारको रुपमा रहेको पनि ईतिहासहरुमा पाईन्छ । जातिय रुपमा शिदा र सोझा शेर्पा जातिहरु त्यस वेला देखि नै अन्य टाठाबाठाहरुले दासको रुपमा प्रयोग गर्दै विभिन्न चर्को तथा गाह्रो काम तथा भूभागमा पठाउने गरेको भन्ने ईतिहासमा प्रमाणित छ ।
पशुपालन तथा चिसो भु भागमा बसोबास गर्न रुची राखने शेर्पा जातिहरु अझै पनि सोही पेशा अंगालेर बसेका छन् भने युगको आधुनिकता सँगै अन्य उपल्लो जातिले झैं राज्यको विभिन्न निकायमा आफ्नो जातिय अस्तित्व र पहिचानको लागि संघर्ष तथा संलग्नता देखाउदै आएका छन् । नेपालका सोलुखुम्वु, ओखलढुंगा, रामेछाप,सिन्धुपाल्चोक , संखुवासभा, भोजपुर, मुस्ताङ, दोलखा,खोटाङ, ताप्लेजुङ, दाचुर्ला, लगायतका जिल्लामा बसोवास गर्दै आएका शेर्पा जातिहरु भने हाल नेपालको राजधानी काठमण्डौ, नेपाल गञ्ज, सुनसरी,धरान लगायतका शहर र विरटनगरमा पनि बसोवास गर्दै आएका भेटिएको छ । आर्थिक हिसावले सवाल शेर्पा जातिहरुको शैक्षित स्तर भने अति न्यून रहेको पाईन्छ नेपालको परिप्रेक्षमा अध्ययन अनुसन्धानहरुका अनुसार शेर्पाहरुले आफ्नो सांस्कृतिलाई लत्याई रहेको र दिन दिनै आफ्नो संस्कारलाई लोप पार्दै लगिएको भन्ने प्रष्ट हुन्छ । पश्चिमेली संस्कार संस्कृति भित्रिएका कारण पनि शेर्पाहरु आफ्नो पहिचान र लिपीहरु विर्सदै गएको र परम्परालाई तोड्दै गएको पाईन्छ । |