हिमाली शेर्पा

     

sherpa calendar 2140
Tulsi Rinpoche
 
Buddhist Mask
कार्यालय छानुहोस्
नेपाल सरकार गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय
सो कार्यालय जानुहोस
www.himalisherpa.com
Save Culture
good
very good
poor
  
pollcode.com free polls
Stop Smoking
  शेर्पा जातिको धार्मिक सहिष्णुता र भोटे शब्दवाली
 
आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानले २०५८ साल यता नेपालमा वसोवास गर्ने ५९ जातिलाई नेपालमा अदिमकाल देखि बसोवास गर्दै आएको भन्दै आदिवासी जनजातिमा सूचिकरण गरेको छ । यही थाकथलोमा अदिमकाल देखि बसोवास गर्दै अएका वा भनौ भूमिपुत्रका रुपमा चिनिएका जातजातिलाई यसरी सूचिकरण गरेको हो ।

लोकतन्त्रका आधार स्तम्भ खडा हुँदै गएसँगसँगै अग्रभागमा अधिकारका निम्ति स्थापित भएका मंगोयिन समुदायहरु विशेष गरी आदिवासी जनजातिको सूचिमा सूचिकृत भएका छन् । यसरी सूचिकृत हुनेमा उपल्लो र विकासित समुदायका मानिने नेवार, थकाली देखि चेपाङ, गानगाइने सम्म रहेका छन् । यही ५९ जातिको सूचि अन्र्तगत एक स्थान ओगटेको जाति हो शेर्पा । आफ्नो छुट्टै संस्कार, संस्कृति, लिपी, भाषा, परम्परा भएको र यही थलोमा अदिम काल देखि बसोवास गर्दै आएका शेर्पा जाति विशेष गरी नेपालको सन्र्दमा हिमाली क्षेत्रमा वसोवास गर्दै अएका छन् ।

शाहसी, वीरता र निडर मानिने शेर्पा जातिको आफ्नो छुट्टै जातीय पहिचान समेत रहेको छ । शेर्पा समुदाय अहिलेको चीनको स्वशासित क्षेत्र तिब्बत आएको भनिएता पनि इतिहासको विभिन्न कालखण्डको अध्यायन गर्ने हो भने त्यो तथ्य स्पष्ट रुपमा भेट्न सकेको छैन । राज्यको हरेक निकायबाट आवल्नो प्रतिनिधित्व खोसी उत्पिडनमा परको जातिहरु मध्ये शेर्पा पनि एक हो । अहिले हरेक जाति र वर्गबाट आफ्नो आफ्नो समान अस्तित्वको खोजी भै रहेको सन्र्दभमा शेर्पा समुदायले पनि आफ्नो अग्राधिकारको लागि संघर्षहरु बढाउँदै आएको छ । आफ्नो संघर्षपूर्ण र लामो इतिहास बोकेको शेर्पा समूदायको बारेमा विभिन्न टिका टिप्पणीहरु पनि भएका छन् । शेर्पा समुदायहरु अहिलेको अवस्थामा मात्र सिमित रहनुलाई विभिन्न कारणहरु देखाएका छन् जसलाई यसरी हेर्न सकिन्छ ।

यर्थाथमा शेर्पाहरुलाई तेञ्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गर्नु पूर्व भोटे भन्ने प्रचलन रहेको थियो । तर त्यो पनि तथ्यगत हुन सकेन किन भने अहिले भोटे र शेर्पा छुट्टछुट्टै जातिको रुपमा राष्ट्रिय प्रतिष्ठानमा सूचिकृत छ । वास्तवमा शेर्पा समुदायको मुख्य उत्पति स्थल कहाँ हो भन्ने स्पष्ट आधार स्तम्भहरु शेर्पा विज्ञ र इतिहास विधहरुले तयार गरेको सन्र्दभसामग्रीहरुबाट पनि शेर्पा छुट्टै एक पुरानो जाति रहेको पुष्टि गर्छ । शेर्पा जातिलाई आदिवासी जनजातिको सूचिमा सूचिकृत गर्नु पूर्व आफूलाई उपल्लो जाति ठान्नेहरुले राज्यबाट प्राप्त हुने हरेक सेवासुविधाबाट वञ्चित गराउनका लागि शेर्पालाई कथित तिब्बतीयन शनार्थी अर्थात भोटबाट आएको भोटे भन्ने गरेको देखिन्छ । एक सच्चा आदिवासी जो अदिमकाल देखि भूमिको पुजा गर्दै पूज्य भएर रहेको छ, पुराना भग्नावशेष तथा इतिहास कायम छ, आफ्नै थलोहरु छन् यीनै आधारहरुले पनि शेर्पा एक छुट्टै जातिको रुपमा रहेको स्पष्ट हुन्छ ।
शेर्पा जातिलाई परापूर्व कालदेखि नै भोटे भनिन्दै आएको र अझै पनि कतिपय अवस्थामा भनिनै रहेको अवस्थाको अन्त्य नहुनुमा कतिपय राजनैतिक कारणहरु पनि रहेका छन् । यसो भन्दै आउनुमा सबैको स्वकारुकत्तिका पछाडि सामाजिक परिवेश र अर्ध औपनिवेशले प्रत्यक्ष असर पार्नुका सार्थ अर्ध चेतनाको परोक्ष प्रभाव रहेको छ ।

एक छुट्टै धरातलबाट विकास भएको शेर्पा जातिलाई हेपाह दृष्टिकोणले भनिदै आएको भोटे शब्दले कतिपय अवस्थामा नकरात्मक असरहरु समेत पारेको छ । विभिन्न कालखण्डलाई ध्यानमा राखेर हेर्ने हो भने शेर्पा जातिलाई भनिन्दै गएको भोटे शब्द र गरिदै आएको व्यवहारको दुरी समेत समान देखिनुले शेर्पालाई तत्कालिन अवस्थामा शरणलिन आएको र कारिन्दको रुपमा शरनदिइ राखेकाले त्यस्तो व्यवहार र शब्द प्रयोग गर्दै आएको हो भन्न समेत यहाँ अतिस्यूक्ति नहोला । यसरी इतिहास साक्षी हुँदाहुँदै पनि किन भनियो त शेर्पा जातिलाई भोटे र अहिले सम्म राज्य सञ्चालनको मूलधारमा किन आउन त शेर्पा समुदाय भन्ने बिषय सबैमा खड्किएको छ । यीनै परिवेक्षमा रहेर अबको संघर्षका लाइनहरु परिवर्तन गर्नु पर्ने समेत उतिकै खाँचो देखिन्छ । जस्को लागि अहिले गरी रहेको संघर्षले मात्रै कुनै उपलब्धी हासिल गर्न संभाव नरहेकाले परिवर्तन कै लागि अब संस्कृतिक आन्दोलनको खाँचो रहेको छ ।

पारिस्थितीक पद्धतिको विकास भए झैँ हामीले हाम्रो अधिकार प्राप्त गर्नु नसक्ने भएकाले यसका लागि सबै क्षेत्रबाट सांस्कृतिक आन्दोलनको शुरुवात हुनु पर्ने देखिन्छ । मुलुकमा भएका कतिपय आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरु संस्थागत हुन नसकि रहेको अवस्थामा ग्रामिण देखि शहरी क्षेत्रमा सम्म सांस्कृतिक आन्दोलन अगाडि बढाउने हो भने उपलब्धि हुने देखिन्छ । शिक्षा र साक्षरताको अभावले जनचेतनाको कमी रहेको हाम्रो जस्तो मूलुकमा जातीय स्वरुप परिवर्तन गर्न विभिन्न समस्याहरु रहेपनि यसको समाधानको एकमात्र विकल्प सांस्कृतिक आन्दोलन नै हो भन्नेमा सबै सहमत हुने हो र संस्कृतिक पहिचानको माध्यमबाट व्यापक जनचेतना अभिबृद्धि गर्ने हो भने परिवर्तन त्यत्रो टाडा नरहेको देखिन्छ । अझै बाँकी रहेको कतिपय भ्रमहरु छन्ः भोटे शेर्पा की शेर्पा भोट भन्ने प्रतिस्पर्धाका वीच केही कुरा हामी माझ स्पष्ट हुनु जरुरी छ । मनोगत ढंगले कतिपय विश्लेषणहरु भएपनि अहिलेसम्म यी दुईवीच भिन्नता देखाउने कुनै तथ्यगत आधारहरु प्रस्तुत भएको देखिदैन । यसले पनि सिंगो शेर्पा समुदायको बृत्तिविकासका लागि समस्या भै रहेको छ । किन भनियो त शेर्पालाई भोटे ? अझै कतिपय अवस्थामा किन भनिदै छ त ? शेर्पा जातिको छुट्टै जातीय पहिचान हुँदा हुँदै पनि भोटे भनेर भनिनुका पछाडिका कारणहरुलाई यसरी उल्लेख गर्न सकिन्छ ।

–शेर्पा अन्य जाति मध्येको सोझा मानिने जात भएकाले अरुले लगाएको गलत (भोटे) भन्ने आरोपहरुको खण्डन र प्रतिवाद गर्न नसक्नु ।

–नेपाल राज्यको विस्तारसँगै विभिन्न शासकिय लुछाचूँडी हुँदै गर्दा शेर्पा समूदायलाई विदेशी भूमिबाट भागेर आएको शरनार्थीको रुपमा परिभाषित गर्दै राज्यको उपल्लो निकायमा स्थापित हुन प्रतिबन्ध लगाउन लगाएको आरोप ।

– चीनको स्वशासित क्षेत्र तिब्बतका मानिसहरुसँग तत्कालिन अवस्थामा खुल्ला सिमाका कारणले आउने जाने भै रहने भएकाले सम्वन्ध शेर्पा समुदायसँग नजिकिनु र ल्वाइखुवाईमा केही मेल खानु अस्वभाविक होइन । यही कारणले शेर्पा पनि भोटे नै रहेछ भनेर एउटै कसीमा राख्नु ।

– आफ्नो छुट्टै संस्कार, संस्कृति, भाषा भएपनि केही हुराहरु भोट अर्थाथ तिब्बतियनहरुसँग मिल्न जाने भएकाले भोटे भनिएको ।

– राज्य सञ्चालनका निकायमा रहेका तत्कालिन शासकहरुले आफ्नो अधिकारको प्रयोग गर्दै सोझा जातजातिलाई विभिन्न आरोपप्रत्यरोप लगाई राज्यबाट प्रदान गर्ने सुविधाबाट विमूख गराउन शेर्पालाई तिब्बतीयन अर्थाथ भोटे भन्ने आरोप लगाएको ।

– शेर्पा समुदायको बसोवास स्थल तत्कालिन राज्य विस्तारका क्रममा भएको द्वन्द्वका कारण विभिन्न स्थानहरुमा छरिन गई कतिपय विस्थापित हुँदै हालको अवस्थामा स्थापित भएको भन्ने देखिएपनि नेपाल भित्रभित्रै सिमति रहेको पनि कतिपय प्रमाणहरु भेटिएको छ । यसबाट पनि शेर्पाहरु तिब्बतबाट भागेर अएको भन्ने आरोप गलत छ । यसरी तिब्बतबाट भागेर आएको तिब्बतीयन (भोटे) नै हो भने त्यहाँको संस्कार, संस्कृति र भाषा, लिपी जस्ता कुराहरु किन फरक भए त भन्ने तिर सोच्नु पर्ने देखिन्छ ।
– शेर्पालाई भोटे भनि अझै पनि ग्रामिण भागमा बोलाउने प्रचलन छ । सबै कानुनी आधारमा शेर्पा र भोटे भन्ने छुट्टै जाति हुँदाहुँदै शेर्पालाई भोटे भन्ने चलनले अझै शेर्पाहरुको सोझोपनको फाइदा आफूलाई उपल्लो जातिको रुपमा स्थापित हुन खोज्नेहरुले उठाईरहेको र अझै उठाउन खोजिरहेको देखिन्छ ।

– शेर्पालाई अझै पनि भोटे नै भन्ने र आदिवासीको रुपमा स्थापित हुन नदिन र जातीया विखण्डन ल्याउन रचिएको प्रपञ्च हो किन भने अन्य स्थानबाट आएका जाति आदिवासी हुन सक्दैन जनजाति मात्र हुन्छ ।

– राज्यको हरेक निकायबाट संरक्षण, आरक्षणको व्यवस्थाहरु हुँदै आएकोमा प्राप्त हुने ति सुविधाबाट अझै उपेक्षित गर्ने र शेर्पा शेर्पा विच नै विखण्डन ल्याउन परिभाषित र प्रयोग गरिएको, हिमाली क्षेत्रमा वसोवास रहेको शेर्पा जातिको लामो इतिहासलाई अझै कयौं बर्ष उत्पिडनमा पार्दै थिचोमिचो गरिरहने माध्यम हो । अतः यी सबै कारणहरुका वीच अब शेर्पा जातिका विज्ञहरुले आफ्नो जातिको जातीय अस्तित्वलाई जोगाई थप उँचो बनाउन र शेर्पा मात्रै शेर्पा हो भोटे अर्थात तिब्बतियन शरनार्थी होइन भन्ने चेतना सबैमा अभिबृद्धि गराई सबै शेर्पाहरुलाई सचेत गराउनु पर्ने वेला आएको छ । शेर्पा जातिको संस्कार, संस्कृतिलाई बाचर्य राख्न सबैक्षेत्रको एकता र सद्भावको पनि उतिकै खाँचो छ । भूगोल अनुसार र र जातीत्व अनुसार प्रयोग हुने यस्ता शब्दले दिर्गकालिन असरहरु पर्ने भएकाले यसतर्फ पनि सचेत हुने बेला आएको छ । शून्य सहनशीलताका कारणले उत्पन्न यस्ता समस्याहरुको समाधानको लागि अपासी संवादहरुको खाँचो पनि उतिकै छ । अबको बहस शेर्पा कि भोटे भन्दा पनि शेर्पा छुट्टै र भोटे छुट्टै भनेर स्थापित गराउने तिर केन्द्रित गर्दै लैजानु पर्ने देखिन्छ । यसका लागि संस्कृतिक स्वरुपमा समेत परिवर्तन हुनु उतिकै जरुरत छ । आफ्नो छुट्टै प्रकारको उच्च धार्मिक सहिष्णुता भएको यो जातिले अन्ततः सबैको नेतृत्व र विश्व शान्तिका लागि आवश्यक कदम चाल्दै नेतृत्वदायी भूमिकामा समेत रहनु पर्ने अवस्था सिर्जना हुन सक्ने भएकाले समस्या समाधान तिर बहस गर्नु पर्ने खाँचो छ ।
विभिन्न समस्या र समय चक्रहरुका वीच अब शेर्पा समुदायहरु सँधै अरुको दासी भएर होइन सहासी भएर अगाडि बढ्नु पर्ने देखिन्छ । आफ्नो विरासत्लाई जोगाई राख्न वीरता प्रदर्शन गर्नु पर्ने हुन्छ । स्पष्ट जातीय पहिचानलाई निखार ल्याउन निडरताका साथ लागि पर्नुपर्ने देखिन्छ । सभ्यतालाई जोगाई राख्न सहनुभूतिहरु प्रदान गर्नु पर्दछ । शेर्पा जातिलाई भोटे भनि पहिचान लुकाउन खोजी रहँदा त्यसबाट दोश्रो पक्षलाई कुनै खास असर नपरे पनि प्रथम पक्षको भने अस्तित्व माथि नै प्रश्न चिन्ह खडा भएको छ । यो सन्र्दभमा भाषा, संस्कार, सांस्कृतिक, परम्परागत मान्यता र लिपीमा समेत केही फरक भएका भोटे जातिलाई शेर्पा र शेर्पालाई भोटे भनिनुले यी दुई फरक अस्तित्व र पहिचान बोकेको जाति विचमा कटुतापूर्ण सम्बन्ध स्थापना गर्न उपल्लो जातिले खेलेको यस प्रकारको भूमिकालाई ध्यानमा राख्दै यी दुई जाति बीचको फरक अस्तित्व र पहिचानका खातिर अब सञ्चार हुनु जरुरी छ । मुलतः शेर्पालाई भोटे भनिनुले कुनै निच शब्द प्रयोग नभएता पनि अन्ततः यी दुबै जातिलाई गोलमटोमा राखिनुले यी दुबैको जातिय अस्तित्वलाई तुहाउन रचेको चालबाजी भएकै कारणले यसप्रति सम्पूर्ण शेर्पा समुदायको आपति रहेको छ भने भोटे जाति पनि यस तर्फ उतिकै सचेत हुनु पर्ने देखिन्छ ।
सबै जातजाति, वर्ग, सम्प्रदाय, धर्म प्रति अपासी सद्भाव, स्नेह देखाउँदै उनीहरुसँगको एकतामा स्पष्ट पहिचानका लागि फेरी एकपटक संघर्षको मार्ग सम्हाल्दै अघि बढ्नु पर्ने देखिन्छ । यसका लागि विभिन्न वहानामा फूटेर होइन, जुट्नु पनि उतिकै जरुरी छ । अब परिवर्तनका लागि धार्मिक सहिष्णुता बोकेको सांस्कृतिक आन्दोलनको टड्कारो आवश्यकता छ ।
लेखकः
लाक्पा जी. शेर्पा
9842967135
journalist_lg@hotmail.com
   
   
  if you like to send photo please us this mail: himalisherpalinks@gmail.com
 Love meter
slc result 2067, slc result 2068, SLC result nepal
miss Sherpa 2011, application form open
 
 



Laser 5210N Free counter and web stats