हिमाली शेर्पा

     

sherpa calendar 2140
Tulsi Rinpoche
 
Buddhist Mask
कार्यालय छानुहोस्
नेपाल सरकार गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय
सो कार्यालय जानुहोस
www.himalisherpa.com
Save Culture
good
very good
poor
  
pollcode.com free polls
Stop Smoking
शेर्पा जातिको बिबाह संस्कार
शेर्पाहरूको महत्वपूर्ण संस्कारहरू मध्ये विवाह संस्कार पनि एक हो । यस जातिमा मागी विवाहको वढी प्रभाव रहने भए ता पनि प्रम विवाहको पनि छिटफुट चलन छ । आफ्नो मौलिक परम्पराअनुसार प्रायः विवाहित छोरीको सन्तान माइता मै हुर्कने पुरानो चलन भएकोले होला शेर्पा समुदायमा मामाको महत्व निकै उच्च पाइन्छ । मामाको छोरालाई पनि मामा र नातीलाई समेत मामा नै भन्ने र मामाको छोरीलाई क्ष्यामा ( सानीआमा ) अर्थात आमा समान मान्ने प्रचलन छ । यसरी आमा वा बुबा दुबै पट्टी सात पुस्ता सम्म सम्दी लगाउन हुन्न भन्ने मान्यता अद्यावाधी विद्यामान छ ।

त्यस्तै विविध “रु” अथवा “थर” हरूको आधारमा कुटुम्भ र स्वाँगेभाई छुट्टयाउने विशेषता यो समुदायको विवाहवारीमा अर्को संवेदनशील तथा अति महत्वपूर्ण पक्ष मानिन्छ । जस्तै “लामा र च्यावा” हुनेको अन्य जुनसुकै “रु” सँग विहेवारी चल्छ भने “पिनाशा, गर्जा, गोले, टाक्तोक, खापा” आदी प्रकारको “रु” हरू बीच एक–आपासमा स्वाँगेभाई अर्थात विवाह नचल्ने र “सलाका, गोपर्मा, खम्बचे” आदी बीच समेत चेली माइती अर्थात विहेवारी नचल्ने कठोर परम्परागत नीति (नियम) भएकाले पनि यो जातिको विवाह संस्कार अलि जटिल र रोचक मानिन्छ ।

गाँउबाट शहर र शहरबाट प्रदेश बसाँइ सरेर जाने क्रममा सामान्य परिवर्तन हुन थाले पनि मूलभुत रुपमा सात पुस्ते मान्यता “रु” र टिज्याङ लोङज्याङ देम्ज्याङ र पेज्याङ लगायतका विधि आदीलाई विधिवत रुपमा पूरा गर्नै पर्ने मान्यता रहेको पाइन्छ ।

शेर्पा जातिको विवाहमा पुयाउनुपर्ने विधिहरूः–
सबभन्दा पहिले केटा र केटीको उमेर हेर्ने, उनिहरूको जन्म बर्ष (लोर्ता) को आधारमा जोखना हेराई उनिहरूको दाम्पत्य जिवन राम्रो हुन्छ वा हुत्र भत्रे हेरीन्छ । सबैकुरा ठीक भएमा सगुन लिएर केटी माग्न आउँछौ भनी केटीको माईतमा खबर पठाईन्छ । यस प्रकृया लाई “ठिज्यङ” भनिन्छ । केटीको माईतबाट सकरात्मक जवाफ आएमा राम्रो साईत हेरी फेमार (सातु र नौनी घ्यू मिसाएर बनाएको), छ्याङ र खाता लिएर केटीको माईतमा गएर केटी माग्ने चलन छ । यसलाई “लोङज्यङ” भनिन्छ । केटा र केटीको बिबाह कहिले गर्ने, जन्ति कति आउने भनी केटाको तर्फबाट सोध्न जानेलाई “पेज्यङ” भनिन्छ । यसमा पनि छ्याङ र खाता कोसेली लिएर जानु पर्छ । दुवैपक्षको सहमतीबाट बिबाहको मिति तोकिएपछि बिबाहको तयारी सुरु गरिन्छ । बिबाहको समयमा खुवाउने छ्याङ को लागी केही अत्र वा नगद रुपैया केटाको तर्फबाट केटीको माइतमा जिम्मा लगाउने चलन छ । यसलाई छ्यावी भनिन्छ ।

बिबाहको मिति तोकिएपछि सबभन्दा पहिले बिबाहको कार्यको जानकारी सहित आफुनो नातेदारहरू, हितैषीहरू र साथीहरू लाई बिबाहको कार्यव्रmममा सरीक हुन निमन्त्रणा “देन्ज्यङ” पठाउने काम हुन्छ ।

जन्तीजाने दिन बिहानै लामा पुरोहीत द्वारा गृहशान्ती र परिवारको सुखद भविष्य को लागी कुलदेवता र जन्तीमा लाने धर्म “सिपखोलु” को पुजा गरिन्छ । सिपाखोलु लाई केटीको माइतिको दिशातिर मुख फर्काई राखिन्छ र जन्ती जाने समयमा सब भन्दा अगाडी लगाईन्छ । जन्ती दुलहीको माइतमा पुगेपछि सिपाखोलु लाई दुलहाको घरतर्फ मुख फर्काई राखिन्छ । जन्ती जाने समयमा दुलहालाई परम्परागत मंगोलियन पोशाक पहेलो खोचेन को बखु रातो जालीदार टोपी लगाई काँधमा पाँच रङ्गे कपडाको “दत्तर” र हातमा “फुम्बा” (कलश) बोकि प्रस्थान गर्नु पर्दछ । घर बाट जन्ती प्रस्थान गर्ने समयमा आँगनमा दुध् वा दही, छ्याङ र खप्सेहरू सगुन स्वरुप राखिन्छ । यसलाई “सुजर्यङ” भनिन्छ । यस्ता सगुनहरू प्रायः गरी दुलहाको बिबाहीत दिदीबहिनीहरूले राखने चलन पनि छ । यसरी सगुन थापे बापतमा दिदी बहिनीहरूलाई दुलहाले उपहार दिने चलन छ । जन्ती प्रस्थान देखी दुलही भित्राउने समय सम्मको लागी दुलहाको साथी साथमा रहने चलन छ । उक्त साथीलाई “क्याल्मी” भनिन्छ । यस्तै दुलहीको पनि क्याल्मी राख्ने चलन छ । जन्ति प्रस्थान गरिने समयमा जन्तिमा जानेहरू सबैलाई चिनाउन निधारको बिचमा टिका लगाउने चलन छ ।

जन्ती आउने दिन बिहानै दुलहीको माईतमा पनि धर्मगुरु “लामा” बोलाइ सुख शान्तीको पुजा गरिन्छ र दुलहीका माइत तर्फका नातेदारहरू, छरछिमेकीहरू भेला भै जन्तीको स्वागतको तयारी गरिन्छ । जन्ती आईपुग्ने समयमा दुध वा दही, छ्याङ र खप्से सगुन राखी जन्तीको स्वागत सत्कार गरिन्छ । जन्तीहरूलाई तयार गरिएको स्थानमा राखिन्छ । दुलहाको लागी छुट्टै बस्ने स्थान राखेको हुन्छ ।

जन्तीहरू बसिसकेपछि दुलहीको आमा र बाबु आई सबै जन्तीलाई छ्याङ र अन्य पेयपदार्थ खुवाउदै परिचय आदान प्रदान गर्ने कार्य हुन्छ । यो कार्यव्रmम सकिएपछि दुलहाको पोशाक फेर्ने कार्य हुन्छ यसलाई “सील्ज्याङ” भनिन्छ । यस पछि दुलहीको माईतीहरूलाई दुलहाको तर्फबाट कोसेली राख्ने कार्य हुन्छ । कोसेलिमा फेमार, छ्याङ र खाता राखिन्छ । यस पछि दुलहीलाई सिँगारेर ल्याई दुलाहको छेउमा बायाँ पट्टी बसालिन्छ । बेहुला र बेहुलीलाई पुजामण्डपको अगाडी स्वास्तिक चिन्ह बनाएको आसनमा राखिन्छ । दुलही बसेपछि दुलहाले ल्याएको कलश फुम्बा दुलहीलाई दिइन्छ ।

यस पछि दुलहा र दुलहीको घर र माइतीको तर्फबाट आप्mनो छोरा र छोरी एक अर्कालाई सुम्पिएको घोषणा गर्दछन यस कृयालाई “मोला” भनिन्छ । मोलामा दुलाह र दुलही दुवैको बंसावली, तीनपुस्ते नाम र थर समेत खुलाई आजको दिन देखी बिबाहसुत्रमा बाँधिएको घोषणा गरिन्छ । यसपछि लामाबाट दुलहा र दुलही दुवै जनालाई शीरमा नौनि घ्यूको टिका लगाउदै आर्शीबाद दिइन्छ । यसपछि दुलहाले पहिले आफुले ३ पटक निधारमा सिन्दुर लगाई ३ पल्ट दुलहीको निधारमा लगाइन्छ ।

यस पछि दुलहाले दुलहीको माईतीका मान्यजनहरूलाई र दुलहीले आफ्नो ससुराली मान्यजनहरूलाई “याङजी” गर्दै ढोगेर आशीर्बाद लिइन्छ । दुलाहा र दुलहीको टिकाटालो हुनासाथ जन्तीहरू चौँरीको पुच्छर र तरवार हातमा लिई झ्याम्टाको तालमा गीत गाउदै “एहोक एहोक.” भन्दै नाच्न थाल्छन, यस नाँचलाई “सिली नाँच” भनिन्छ । भने कोहि गीत गाएर शेर्पा श्यब्रु पनि नाँचिन्छ । दुलहीको बिदाईको समयमा दुलहीको माईतीको तर्फबाट सबैलाई खाता लगाई जन्तिलाई बिदाई गरिन्छ ।

यसरी बिबाह सम्पन्न भएपछि जन्तीहरू दुलहीलाई लिएर दुलहाको घरमा फर्किन्छ र दुलहीको स्वागतको लागी नाँच गान गरिन्छ यसलाई “टशिसोलुप” भनिन्छ । बिबाह भएको केही दिन पछि दुलहा दुलहीलाई लिएर ससुरालीमा फर्किन्छ यसलाई “कर्म लोउ” भनिन्छ ।
 Love meter
slc result 2067, slc result 2068, SLC result nepal
miss Sherpa 2011, application form open
 
 



Laser 5210N Free counter and web stats