हिमाली शेर्पा

     
himalisherpa logo
Love Meter
 
Miss Nepal 2013 source from missnepal.com.np
 

इशानी बनिन् नेपाल सुन्दरी (साथमा तस्बिर र भिडियो)
काठमाडौँ, चैत ८ - १८ सुन्दरीलाई पछि पार्दै इशानी श्रेष्ठ यस वर्षकी नेपाल सुन्दरी घोषित भएकी छिन्। काठमाडौँको प्रज्ञा प्रतिष्ठान हलमा भएको अन्तिम प्रतिस्पर्धामा एकल परिवार राम्रो कि संयुक्त परिवार भन्ने मुख्य निर्णायक पूर्व मुख्य सचिव तीर्थमान शाक्यको प्रश्नको जवाफ दिँदै उनले उपाधि हात पारेकी हुन्। अब उनले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। त्यसैगरी फर्स्ट रनर अप रोजिशा शाही ठकुरी भएकी छिन्। उनले मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। सेकेन्ड रनर अप घोषित श्रीतिमा शाहले मिस इन्टरनेसनल सहभागिता जनाउने छिन्।

विजेताले ५० हजार, दोस्रोले ३५ र तेस्रोले २५ हजार रुपैयाँ नगद र एउटा अपार्टमेन्ट पाउनेछन्।

मिस फोटोजेनिक श्रीतिमा शाह, पन्क्चुआलिटी मेघना श्रेष्ठ, ब्युटिफुल स्माइल रिजु श्रेष्ठ, बेस्ट वाक इशानी श्रेष्ठ, ट्यालेन्ट सिपोरा गुरुङले जितिन्। एसएमएसमा बढी मत पाएर मिस बब्ली उपाधि अस्मिता सिटौलाले जितिन्।

Miss Nepal more click on here (update today)
 
मिस नेपालको ताज चितवनकी सृष्टि श्रेष्ठले जितेकी छिन् 2012
काठमाडौं, वैशाख २५ - १५ सुन्दरीहरुलाई उछिन्दै यस वर्षको मिस नेपालको ताज चितवनकी सृष्टि श्रेष्ठले जितेकी छिन् । बेलायतमा बसोबास गर्दै आएकी उनी उपाधि पाएपछि खुशीले रोइन् । द हिडेन ट्रेजरको आयोजनामा राजधानीमा पहिलोपटक खुला आकाशमुनि भएको प्रतियोगितामा आइतबार राति सृष्टिलाई सन् २०११ की मिस नेपाल मलिना जोशीले उपाधी पहिर्‍याइन् । सृष्टिले मिस वर्ल्ड प्रतियोगितामा भाग लिनेछिन् । उपाधि जितेपछि उनले आफूले नेपालीको सम्मान जितेको बताइन् । 'मैले नेपालीको सम्मान पाएँ,' उनले भनिन्, 'यसको उचित ठाउँमा प्रयोग गर्नेछु ।' सृष्टिले मिस वर्ल्डमा आफ्नो प्रतिनिधित्वले ठूलो अर्थ राख्ने बताइन् । 'म नेपाली हुँ,' उनले भनिन्, 'मिस वर्ल्डमा त्यो नै मेरो प्रतिनिधित्व हुनेछ ।' २३ वर्षीया सृष्टि बेलायतमा रहँदा पनि मोडलिङमा थिइन् । यसैगरी मिस नेपाल अर्थको उपाधि नगमा श्रेष्ठले जितिन् भने मिस नेपाल इन्टरनेशनलको उपाधि शुभेच्छा खड्काले जितिन् ।
 
मिस नेपाल बन्न प्रतिभा प्रस्तुत (साथमा तस्बिर)
 
 
Laser 5210N Free counter and web stats
 
miss nepal 2014