हिमाली शेर्पा

     
himalisherpa logo
Love Meter
  मिस नेपाल बन्न प्रतिभा प्रस्तुत (साथमा तस्बिर) =============>Home page

स्मृति ढुंगाना, काठमाडौं, फागुन २९ - 'मिस नेपाल २०१३'का प्रतियोगीले आफ्ना प्रतिभा प्रस्तुत गरेका छन्। प्रतियोगिताको 'ट्यालेन्ट राउन्ड'अन्तरगत १८ प्रतियोगिहरुले सोमबार राजधानीमा निर्णायकसामु आफ्नो क्षमता देखाए।
मोडल ओसिमा बानुले ५ मिनेटमै तीन प्रकारको ड्रेसहरु तयार गरिन्। 'के नयाँ गर्न सकिएला भनेर सोचेँ, सल र साडीलाई मिक्स गरेर नयाँ प्रकारको ड्रेस तयार गर्न सकिन्छ भन्ने लाग्यो,' उनले भनिन्। रेणु पोखरेलले नारी अधिकारको विषयमा भाषण गरिन्। 'महिलामाथि हिंसाका घटना किन बढिरहँदा पनि सरकारले वास्ता गरेको छैन। के मन्त्रीका छोरीले मात्र सुरक्षा पाउने हो?,' उनको प्रश्नले त्यहीं ताली पायो।
भलिबल खेलाडी हुँदै मिस नेपाल बन्ने दौडमा सामेल सिपोरा गुरुङले 'कति राम्रो' बोलको गीतमा नृत्य देखाइन्। प्रतियोगीले प्रतिभा प्रस्तुत गर्नको लागि विषेश प्रशिक्षण समेत लिएका थिए। विभिन्न फेसन शोमा सहभागी भएकी सृष्टिमा शाहले बेली डान्स देखाइन्। उनले कोरियोग्राफर नम्रता केसीसँग पाँच दिने नृत्य प्रशिक्षण लिएकी थिइन्।


अमेरिकाबाट आएकी सुमी लामाले गायिका तारादेवीको 'उकाली ओरालीहरुमा' बोलको गीत गाइन्। रचना भारतीले साडी र सिल्क सलको प्रयोगमा नयाँ शैलीको ड्रेस तयार गरिन्। माया सवादले हिपपप र बेली डान्स देखाइन्। डेन्टिस्ट इसानी श्रेष्ठले भगवान गणेशको चित्र तयार गरिन्। बिन्दू केसीले नाटक देखाइन् भने गत वर्षसमेत प्रतियोगितामा भाग लिएकी सुजाता बलामीले कुमारी नृत्य प्रस्तुत गरिन्। उनलाई कोरियोग्राफर कृपा बज्राचार्यले नृत्यको प्रशिक्षण दिएकी थिइन्।
'नयाँ प्रतिभाले प्राथमिकता पाएको छ। पहिलोचोटी प्रतियोगीले ड्रेस डिजाइनिङ गरेका छन्,' हिडन ट्रेजरका गोपालसुन्दरलाल कक्षपतीले भने। 'मिस नेपाल २०११'की मिस ट्यालेन्ट विष्णु चेम्जोङ, नृत्य निर्देशक गोविन्द्र राई, जेसिसका चन्द्ररवि श्रेष्ठ र रुपेश श्रेष्ठ निर्णायकको भूमिकामा थिए।


नृत्य निर्देशक राईले निर्णायक बन्दा रमाइलो लागेको बताए। विष्णुले भने केही अतालिएको अनुभव सुनाइन्। ट्यालेन्ट राउन्डको विजयीको घोषणा चैत ७ गने मिस नेपालको फाइनमा गरिनेछ।
यसपटक समीक्षा श्रेष्ठ, रचना भारती, सिपोरा गुरुङ, बिन्दु केसी, माया सवाद, इशानी श्रेष्ठ, सुजाता बलामी, मेघना श्रेष्ठ, श्रुतिमा शाह, प्रतिमा गिरी, ओशिमा बानु, रक्षा थापा, रोजिसा शाही, अस्मिता सिटौला, सुमी लामा, रेणु पोखरेल, ऐश्वर्या उपाध्याय र रिजु श्रेष्ठले सहभागिता जनाएका छन्। कोरियोग्राफर रचना गुरुङ शर्मा र प्रशान्त ताम्राकारले उनीहरुलाई प्रशिक्षण दिइरहेका छन्। द हिडन ट्रेजरले आयोजनामा हुन लागेको मिस नेपालको यो १८ औं संस्करण हो।

source nagariknews

 
Laser 5210N Free counter and web stats
 
miss nepal 2014