हिमाली शेर्पा

     

sherpa calendar 2140
 
Tulsi Rinpoche
 
Buddhist Mask
कार्यालय छानुहोस्
नेपाल सरकार गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय
सो कार्यालय जानुहोस
www.himalisherpa.com
Save Culture
good
very good
poor
  
pollcode.com free polls
Stop Smoking
तोलाका टुल्कु

टगकर रिग्जिन छ्योक्यी वाङछ्युगबाट परम्परागत रुपमा प्रचर भइआएको गुरु ज्हछोन ञिंपोका वंशजहरु यस खुम्बु दिशातिर थाङ्म्यको गुरुबर ज्यतोङ छ्योयिङ् राङटोल र ङग्वाङ ठिनल्य ल्हुनटुब दुईजना हुनुभयो । ङगवाङ ठिनल्यका जेठा छोरा लामा दोनडुब कुनजाङदेछेन ग्यालपोले खुम्बु थाङम्य देछेन छ्योखोरलिङ गोम्पा, माइलो भाइेले च्यिवाङ गोम्पा र तोलाका गोम्पा तथा कान्छो कुस्योग माङ्देन ले ज्यरोग रिठो(धर्मस्थल) मा गोम्पा स्थापना गरेका थिए ।

तोलाका रिठोमा गोम्पा स्थापना गर्ने अवतारी ङग्वाङ लोजङ येशे ग्यछोका जन्म भोट सं. आगो–गोरुको–जेठ पूर्णे तदनुसार सन् १९३७ मा तोलका गाउँमा भएको थियो । उहाँको बाबु ङग्वाङ रङटोल शेर्पा र आमा गादेन जाङ्मो हुन् । जन्मेको तीन बर्ष देखि पाँच बर्ष सम्म स्वय्ले आफू ङगवाङ योनतेन नुर्बु अवतारी भएको ब्रह्मघोष गर्दा अघिल्लो जन्मका भाइ कुस्योग माङदेन र शिष्यहरुले उहाँको पहिलो जन्मको मालसामानहरु डमरु, घण्टी, माला र पुस्तकहरु अरुको मालसामानहरुसँग गोलमाल गरी देखाउँदा आफ्नो मालसामानहरु मात्र एकाएक छुटाएर लिनुभएको थियो ।

त्यसदिन उहाँको स्वागतका लागि गणचक्र पूजा गर्दा उहाँको अघिल्लो जन्मको उपासक दाताहरु चिनेर परिचय गर्नलाग्दा उपासकहरुले उहाँप्रति अत्यधिक श्रद्धा गरेका थिए । त्यसपछि कुस्योग माङ्देन लगायत शिष्यहरु र जिनदाग (उपासक) हरुले उहाँको अघिल्लो जन्मको गोम्पाखुम्बु ज्यरोग रिठो र थङम्य देछेन छ्योखोर लिङ गोम्पामा सवारी चलाई बौद्ध परम्परा अनुसार स्वागत अभिवादन गरी पूर्वजन्मको ठि (गद्दी) मा गद्दीआरोहण गराए । त्यसबेला उहाँले पूर्वजन्मको शिष्य भिक्षु ङगवाङ समत्यनसँग धेरै दिन छुटेर गएको साथी भेटेको जसरी चिनापर्ची गर्नुभयो । त्यसपछि फेरि तोलाका गोम्पामा फर्केर पाँच देखि दश बर्ष सम्म कुस्योग माङदेन सँग पढ्नेलेख्ने गरी शैक्षिक कार्यको शुभारम्भ गर्नुभयो ।

एघार बर्षको हुँदा जरोङफूदोङाग छ्योलिङ गोम्पाको परम्पुज्य (क्यबज्ये) ठूलासिग रिम्पोछेको उपचरणमा उपस्थित भइ टुप्पी काटेर शील ग्रहण गर्दा परम्पुज्यबाट शुभनाम ङग्वाङ लोसङ येसे ग्यछो प्रदान गर्नु भएको र उहाँ जरङफुको लोलाङमण्डल स्थापना गर्ने लामा ङगवाङ् योनतेन नुर्बुको अवतारी भएको परिचय दिनुभयो । त्यसपछि तथागत संग्रह, गुरु कार्य , वाक र चित्ततिलक, लोङछेन चित्ततिलक, गुरु टागमर, महाकारुणिक र बज्रसप्तको अभिषेक लिनुभई सिङगरी गोम्पामा लामा ञांगा रिन्पोछेसँग धर्मशास्त्रहरु अध्ययन गर्नुभयो । त्यसैगरी २१ बर्षको हुँदा पूर्वजन्मका गुरु बंशज लामा दोनटुब ( कुनजाङ देछेन ग्यालपो) बाट ज्हछोन ञिंपो र गोम्पा श्हङथलको अभिषेकहरु लिनुभएको थियो । त्यसपछि ज्यरोगको रिठो(तपोवन) मा महायन बौद्ध परम्परका पूर्वाभ्यासहरु क्रमशः शरणगमन(क्यबडो) बोधिचित्तोत्पादः(सेम्क्येद), बज्रसत्वजप, मण्डल अर्पण र गुरुयोग (लामी नलज्योर) को पाठहरु अभ्यास गर्नुभयो । अनि फेरी ३ बर्ष सम्म एकान्तमा गुफा बसी धर्मसाधना गरेको र भूमि–मूसा–बर्ष तदनुसार सन् १९४८ मा परमपूज्य दुज्योम रिन्पोछेज्यूबाट रिगजिन तेरजोद र दुज्योम तेरजोद्को अभिषेक लिनु भयो ।

त्यससमयमा तोलाका गोम्पामा अध्ययनका लागि पुस्तकहरु कमि भएकाले बोधिचर्यावतार नामक पुस्तकको ब्लक बनाई पुस्तक छापेर लामा विद्यार्थीहरुलाई पढाउने गरिएको छ । तयस्तै विदेशमा गएर धर्म प्रचार गर्ने र सत्धर्मको अभ्यास तथा साधना गर्ने जस्ता काममा निरन्तर लागिरहनुभएको छ ।
 Love meter
slc result 2067, slc result 2068, SLC result nepal
miss Sherpa 2011, application form open
 
 



Laser 5210N Free counter and web stats